मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

कपिलवस्तु असोज २७ गते ।कपिलवस्तुको मायादेवी गाउँपालिका ७ बनकसिहामा युवा समाजसेवी रामपाल यादव (रामु) को आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

श्री चतुर्भुजी आधारभूत विद्यालय बनकसिहामा आयोजित शिविरमा २०० जनाले आँखा जाँच तथा स्वास्थ्यसम्बन्धी सेवा लिएका छन्।शिविरमा स्थानीय महिला, पुरुष तथा ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। शिविरका क्रममा मोतियाबिन्दु पहिचान भएका ३७ जना बिरामीको शल्यक्रिया गरिएको आयोजकले जनाएको छ।

आर्थिक अवस्था कमजोर भएका तथा सहज रूपमा स्वास्थ्य सेवा लिन नसक्ने स्थानीय नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको आयोजक रामपाल यादव (रामु) ले बताए। उनले आगामी दिनमा पनि समाजसेवामूलक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रमका प्रमुख अतिथि फैजल खान तथा विशिष्ट अतिथि रामनिवास चौहान रहेका थिए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी मायादेवी गाउँपालिका सभापति कमलेश कुमार दुबे, सफिक खान, दुर्गेश यादव, त्रिपुरारी चौहान तथा मायादेवी गाउँपालिका ७ का वडाध्यक्ष जनार्दन चौधरीलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल नेत्रज्योति संघअन्तर्गत आँखा अस्पताल, तौलिहवाका डा. प्रमोद यादवसहितको स्वास्थ्यकर्मी टोलीले आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो।कार्यक्रमको सञ्चालन बिन्देश्वरी यादव (विशाल सिंह) ले गरेका थिए।

स्थानीयस्तरमै निःशुल्क आँखा जाँच तथा शल्यक्रियाको सुविधा उपलब्ध गराउने यस्ता सामाजिक कार्यले आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो राहत पुग्ने सहभागीहरूले बताएका छन्। स्थानीयवासीले युवा समाजसेवी रामपाल यादव (रामु) को पहलको प्रशंसा गर्दै यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 73 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 59 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 73 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल