कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
वडाध्यक्ष अहमदले विजयादशमी पर्वले समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम, एकता र सामाजिक सहिष्णुतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले सबै समुदायबीच आपसी सम्मान, मेलमिलाप र सद्भाव कायम गर्दै शान्ति, समृद्धि तथा खुसीको सन्देश फैलाउन विजयादशमी पर्वले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।
विजयादशमीले सम्पूर्ण जिल्लावासीको घरपरिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दै वडाध्यक्ष अहमदले पुनः सबैमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।




