कपिलवस्तु असोज २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मायादेवी गाउँपालिका कपिलवस्तुको आयोजनामा ‘हामी आउँदै छौँ’ कार्यक्रमअन्तर्गत बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मायादेवी गाउँपालिका सभापति कमलेश कुमार दुबैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य माननीय सुशान्त वैदिक प्रमुख अतिथि तथा माननीय तोफिक अहमद खान विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी छनोट प्रक्रिया, संगठन सुदृढीकरण, जनताका अपेक्षा तथा सरकारको पछिल्लो ६ महिनाको कार्यसम्पादनलगायतका विषयमा गहन छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले स्थानीय तहमा जनताका वास्तविक समस्या अपेक्षा र आवश्यकतालाई राजनीतिक गतिविधिको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए।रास्वपाले जनताको आवाजलाई केन्द्रमा राख्दै पारदर्शिता जवाफदेहिता र सकारात्मक राजनीतिक संस्कारमार्फत सुशासन तथा समृद्धिको यात्रालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
कार्यक्रमले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, स्थानीयस्तरमा जनसम्पर्क तथा जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने विषयमा समेत छलफल गरेको आयोजकले जनाएको छ।





