महाकाल युवा शक्तिको दोस्रो स्थापना दिवस भव्य रूपमा सम्पन्न

कपिलवस्तु असोज २१ गते ।कपिलवस्तु जिल्लाको तौलिहवास्थित बालमन्दिरको सभाहलमा ‘महाकाल युवा शक्ति’को दोस्रो स्थापना दिवस भव्य कार्यक्रमबीच सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरी गरिएको थियो।

राष्ट्रिय गानसँगै हनुमान चालिसाको पाठ गर्दै कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाइएको थियो।संस्थाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा हिन्दु धर्मको संरक्षण तथा समाजमा बढ्दै गएको विकृति र विसंगति न्यूनीकरणका विषयमा गम्भीर छलफल गरिएको थियो।

विभिन्न धर्मगुरुहरूले सहभागीलाई धार्मिक ज्ञान तथा उपदेशसमेत दिएका थिए। वक्ताहरूले धर्म, संस्कृति र राष्ट्रियताको रक्षाका लागि युवाहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

विशेष अतिथिका रूपमा लुम्बिनी प्रदेशसभा सदस्य मधुसुदन शरण चौधरी, पूर्वमन्त्री दानबहादुर चौधरी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी तथा रवि दत्त मिश्रको उल्लेखनीय सहभागिता रहेको थियो।त्यस्तै साध्वी गंगेसा र रजनीकान्त चौधरीलगायतको पनि उपस्थिति रहेको थियो।

महाकाल युवा शक्तिका अध्यक्ष धर्मराज विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राजेश सोनीले गरेका थिए।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 73 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 59 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 73 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल