लुम्बिनीमा १२ वर्षीय बाल पुरोहितको चर्चा, सबैलाई चकित पार्ने ज्ञान

रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–२, ननौली निवासी १२ वर्षीय सुरज चौबे यतिबेला स्थानीय क्षेत्रमा चर्चाको केन्द्र बनेका छन्। माता श्री शशिकला चौबे र पिता अकलेश चौबे का सुपुत्र सुरजले सानै उमेरमा धार्मिक ज्ञान र संस्कारले सबैलाई प्रभावित बनाएका छन्।

हाल कक्षा ६ मा अध्ययनरत सुरज श्री लुम्बिनी सनातन संस्कृत विद्यापीठ गुरुकुलम मा अध्ययनरत छन्। उक्त गुरुकुलम लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, आमा क्षेत्रमा अवस्थित रहेको छ।

गुरुकुलमका प्रधान आचार्य पण्डित शिवम् पाण्डेयको मार्गदर्शनमा उनले वैदिक शिक्षा हासिल गरिरहेका छन्।उनले गत दशैंको नवरात्रि पूजादेखि लिएर हालसम्म करिब ४ वटा विवाह तथा विभिन्न कथा–पूजा सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।

हालै भुजौलीमा आयोजित एक विवाह समारोहमा उनले परम्परागत विधिअनुसार प्रवीणतापूर्वक विवाह सम्पन्न गराएपछि सबैको ध्यान आफूतर्फ खिचेका थिए।

विवाहमा सहभागी जन्ती, गाउँले तथा आफन्तजनले यति सानो उमेरमा यस्तो गहिरो ज्ञान देख्दा आश्चर्य व्यक्त गरेका थिए। “१२ वर्षको बालकमा यति ठूलो ज्ञान कहाँबाट आयो?”

भन्ने प्रश्न धेरैको मनमा उठेको थियो।सुरज चौबे जस्ता प्रतिभाशाली बाल पुरोहितले सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Related Posts

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 16, 2026
  • 28 views
श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 15, 2026
  • 47 views
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 91 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 66 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 76 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 23 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।