दुर्गेश नन्दनी विद्यालयमा नयाँ भवन, विद्यार्थीका लागि थप सहज शैक्षिक वातावरण

कपिलबस्तु, जेठ १० गतेकपिलवस्तु, शिवराज — शिवराज नगरपालिका–११ स्थित दुर्गेश नन्दनी आधारभूत विद्यालय मा दुई कोठे नयाँ विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ।

भवनको शिलान्यास अभिषेक प्रताप शाह ले गर्नुभएको हो।सिद्धार्थ सामाजिक विकास केन्द्र र शिवराज नगरपालिका वडा नं. ११ को संयुक्त लगानीमा निर्माण हुन लागेको भवनको कुल लागत ३६ लाख ६ हजार १ सय रुपैयाँ रहेको छ।

यसमध्ये सिद्धार्थ सामाजिक विकास केन्द्रको ३१ लाख ६ हजार १ सय रुपैयाँ तथा वडा कार्यालयको ५ लाख रुपैयाँ लगानी रहने जानकारी वडा अध्यक्ष रामेश्वर बर्मा ले दिनुभयो।शिलान्यास कार्यक्रममा बोल्दै सांसद शाहले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षामा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

उहाँले स्थानीय आवश्यकता र भौगोलिक अवस्थाअनुसार विद्यालय भवन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा अजय थापा ले सिद्धार्थ सामाजिक विकास केन्द्रले शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै शिवराज नगरपालिकाले माध्यमिक तहसम्म निःशुल्क शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो।त्यसैगरी, सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक अजय चौधरी ले निर्माण कार्य निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शिलान्यास कार्यक्रममा समाजसेवी प्रेम रायमाझी, केसरी जयसवाल लगायत स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।भवन निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक पूर्वाधार थप सुदृढ हुने र विद्यार्थीहरूको पठनपाठन वातावरण अझ सहज तथा प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

Related Posts

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 16, 2026
  • 22 views
श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 15, 2026
  • 47 views
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 91 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 66 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 76 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 23 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।