ऐतिहासिक लठ्ठैहिया बाँधको पुनर्जागरण ३ करोड बजेटबाट पुनःनिर्माण तीव्र, किसानमा खुशी

महाराजगन्ज नगरपालिका वडा नं. १ मा अवस्थित ऐतिहासिक लठ्ठैहिया बाँध सिँचाइ योजनाका लागि आर्थिक वर्ष २०८२/८३ मा केन्द्र सरकारबाट रु. ३ करोड बजेट विनियोजन गरिएको थियो।

उक्त बजेट तत्कालीन सांसद सुरेन्द्रराज आचार्य को पहलमा विनियोजन गरिएको बताइन्छ। हाल बाँधको पुनःनिर्माण कार्य तीव्र गतिमा सञ्चालन भइरहेको छ।यस बाँधको पुनःनिर्माणपछि आसपासका ५/६ वटा गाउँका किसानहरूलाई सिँचाइमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय बुढापाकाका अनुसार लठ्ठैहिया बाँध करिब १०० वर्ष पुरानो ऐतिहासिक बाँध हो, जसको निर्माण राणाकाल तथा जमिन्दारी शासनको समयमा गरिएको थियो।स्थानीय इतिहासअनुसार “बनगाई बाबा” नामले परिचित एक प्रभावशाली व्यक्तित्व, जसलाई तत्कालीन राजगुरु वा राजाको गुरु मानिन्थ्यो, उहाँकै पहलमा बाँध निर्माण गरिएको थियो।

त्यस समयमा सेखुवनिया तालको पानी लठ्ठैहिया बाँधसम्म ल्याइन्थ्यो र त्यहाँबाट कुलोमार्फत जमुनी र बरगदी क्षेत्रसम्म सिँचाइ हुने गर्दथ्यो।बाँध निर्माणका लागि आवश्यक जग्गा औरहवा क्षेत्रका यादव जमिन्दारहरूले उपलब्ध गराएको स्थानीय भनाइ रहेको छ।

त्यतिबेला “महुवा बाबा” नामले परिचित अर्को प्रभावशाली शासक पनि थिए। यी दुई पक्षका समर्थकहरूबीच बेला–बेलामा विवाद र झगडा भइरहन्थ्यो।स्थानीय अग्रज रसिद धुनिया र अदालत यादवका अनुसार एक पटक माछा मार्ने विषयलाई लिएर दुवै पक्षबीच ठूलो झगडा भएको थियो।

झगडामा दुवै पक्षका समर्थकहरू लौरा लिएर पुगेका थिए। अवधी भाषामा लौरालाई “लठ्ठी” भनिने भएकाले त्यही लठ्ठीको लडाइँबाट यस बाँधको नाम “लठ्ठैहिया बाँध” रहन गएको जनविश्वास रहेको छ। उहाँहरूले यो इतिहास आफूले सानैमा आफ्ना बुबा तथा हजुरबुबाबाट सुनेको बताउनुभएको छ।

Related Posts

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 16, 2026
  • 28 views
श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 15, 2026
  • 47 views
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 91 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 66 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 76 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 23 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।