कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तु, जेठ १४ गते:-
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पुलाई ठक्कर दिँदा एक ३ वर्षीय बालकको मृत्यु भएको छ।

बुधबार बिहान करिब ११ बजे सेमरीबाट तौलिहवा तर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पुलाई सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सेमरी निवासी अतिकूर रहमानका ३ वर्षीय छोरा महफुज मुसलमान गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

दुर्घटनामा टेम्पु चालक कपिलवस्तु नगरपालिका वडा नम्बर ३ वर्गदवा निवासी ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन्। उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई सामान्य उपचारपछि घर पठाइएको छ।

दुर्घटनापछि ठक्कर दिने सशस्त्र प्रहरीको गाडी र चालकलाई हालसम्म नियन्त्रणमा नलिइएको भन्दै पीडित परिवारले गुनासो गरेका छन्। मृतक बालकको शव हाल कपिलवस्तु अस्पतालमा राखिएको छ।

Related Posts

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

  • By admin
  • July 15, 2026
  • 66 views
कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 125 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 96 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 23 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 94 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 239 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व