लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्नमहिलवार, लुम्बिनी ।लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारस्थित नगरपालिका सभाहलमा आज २०८३ साल असार २९ गते, सोमबार पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी नगर प्रमुख तारा ज्ञवालीको अध्यक्षता रहेको थियो।

प्रमुख अतिथिका रूपमा सराजुद्दीन खान तथा विशिष्ट अतिथिका रूपमा प्रशासन शाखा प्रमुख धर्मेन्द्र बेल्बास सहभागी हुनुहुन्थ्यो। त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का वडा अध्यक्ष नेमुल हक मुसलमान, वडा नं. ९ का वडा अध्यक्ष कमाल अख्तर फकीर, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा अन्य अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा पालिकाको विकास, सुशासन, सेवा प्रवाह, स्थानीय आवश्यकता तथा भावी नीति तथा कार्यक्रमका विषयमा सहभागीहरूबीच खुला छलफल तथा अन्तरक्रिया गरिएको थियो। प्रशिक्षक राधिका अधिकारीले महिला सशक्तीकरण, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार तथा गाउँघरमा महिलाको विगत र वर्तमान अवस्थाबारे प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो।

साथै, महिला वडा सदस्यहरूको योजना निर्माण तथा कार्यान्वयन प्रक्रियामा पहुँच, सहभागिता, निर्णय प्रक्रियामा उनीहरूको भूमिका, योजनासम्बन्धी जानकारीको स्तर तथा कतिपय अवस्थामा पर्याप्त जानकारीबिनै हस्ताक्षर (सिग्नेचर) मात्र गर्नुपर्ने अवस्थाबारे गम्भीर रूपमा छलफल गरिएको थियो।सहभागीहरूले स्थानीय विकासलाई थप प्रभावकारी बनाउन विभिन्न रचनात्मक सुझावसमेत प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्त्यमा सहभागी सबै अतिथि, संघ–संस्थाका प्रतिनिधि तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई आयोजकले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइएको थियो।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 73 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 59 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 74 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल