कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ।

नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थितिमा नगरसभा सम्पन्न भएको हो।

समृद्ध नगर, खुसी नगरबासी भन्ने मूल नारालाई आत्मसात गर्दै नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार रुपैयाँको बजेट पारित गरेको छ।

नगर प्रमुख सुदीप पौडेलले बजेट प्रस्तुत गर्दै नगरको समग्र विकास, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा, कृषि, रोजगार, पूर्वाधार निर्माण तथा उज्यालो सहर अभियानलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

उहाँले नगरवासीको जीवनस्तर उकास्ने, सुशासन प्रवर्द्धन गर्ने र दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यसहित बजेट विनियोजन गरिएको बताउनुभयो।नगरसभामा आगामी वर्षका नीति तथा कार्यक्रममाथि विस्तृत छलफल भएको थियो। नगरको आर्थिक सामाजिक तथा भौतिक विकासलाई गति दिने योजनाहरूलाई विशेष प्राथमिकता दिँदै बजेट पारित गरिएको जनाइएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माण सेवा प्रवाहको प्रभावकारिता, सामाजिक सुरक्षा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारमार्फत नागरिकमैत्री र समृद्ध कपिलवस्तु निर्माणको लक्ष्य लिएको जनाएको छ।

Related Posts

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 15, 2026
  • 44 views
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 88 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 63 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 76 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 23 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 79 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित