असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

कपिलवस्तु, असार १९ गतेकपिलवस्तु — आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएसँगै मायादेवी गाउँपालिका तथा विभिन्न वडा कार्यालयहरूले सभा, शिक्षक सिकाइ कार्यक्रम, ‘वडाअध्यक्षसँग विद्यार्थी’, ‘वडाअध्यक्षसँग किसान’ लगायतका विभिन्न कार्यक्रम धमाधम सञ्चालन गर्न थालेका छन्।

स्थानीयवासीहरूले भने यस्ता कार्यक्रम आर्थिक वर्षको अन्त्यतिर मात्र किन केन्द्रित गरिन्छन् भन्ने प्रश्न उठाउन थालेका छन्। उनीहरूको जिज्ञासा छ— यी कार्यक्रम फागुन, चैत वा वैशाख महिनामै सञ्चालन गर्न नसकिने थियो कि ? वा आर्थिक वर्ष सकिनुअघि विनियोजित बजेट खर्च गर्नुपर्ने दबाबका कारण हतारहतार कार्यक्रम आयोजना गरिएको हो स्थानीय सरोकारवालाहरूका अनुसार कार्यक्रमको संख्या बढाउँदैमा विकास भएको मान्न सकिँदैन।

यस्ता कार्यक्रमबाट किसान, विद्यार्थी तथा सर्वसाधारणले कति वास्तविक लाभ पाए भन्ने विषय महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।उनीहरूले कार्यक्रमको प्रभावकारिता, उपलब्धि, लाभग्राहीको संख्या तथा खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन्। “जनताको करबाट सञ्चालित कार्यक्रमको प्रत्येक रुपैयाँको हिसाब जनताले जान्न पाउनुपर्छ,” एक स्थानीयले बताए।

स्थानीयवासीहरूले मायादेवी गाउँपालिका तथा सबै वडा कार्यालयलाई कार्यक्रमको उद्देश्य, खर्च, उपलब्धि र लाभग्राहीसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्। अन्यथा, आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने उद्देश्यले मात्र यस्ता कार्यक्रम सञ्चालन गरिएको हो भन्ने जनआशंका थप बलियो बन्न सक्ने उनीहरूको भनाइ छ।

यस विषयमा गाउँपालिका तथा सम्बन्धित वडा कार्यालयहरूको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।

Related Posts

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 15, 2026
  • 43 views
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 88 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 63 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 74 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 23 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 79 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित