कपिलवस्तु कांग्रेसमा एकताको महाधिवेशन’को माग विधि र आन्तरिक लोकतन्त्रको सम्मान गर्न आग्रह

कपिलवस्तु भदौ ३१ गते । नेपाली कांग्रेस कपिलवस्तुमा १५औँ महाधिवेशनको तयारी अघि बढिरहेका बेला पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्दै एकताको महाधिवेशन गर्नुपर्ने माग उठेको छ।

होटल शंकरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला, क्षेत्र तथा पालिका तहका नेता कार्यकर्ताले पार्टी सञ्चालनमा विधि विधान र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

एकताको महाधिवेशन पक्षधर समूह ले जारी गरेको संयुक्त विज्ञप्तिमार्फत तल्लो तहबाट भएका वैधानिक सिफारिसको सम्मान गर्न निर्वाचित पदाधिकारीको अनधिकृत फेरबदल रोक्न तथा महाधिवेशन प्रक्रिया पारदर्शी बनाउन केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराइएको छ।

समूहले विगतका कारबाही तथा संगठनात्मक निर्णयप्रति पनि प्रश्न उठाएको छ। विज्ञप्तिमा पछिल्ला वर्षहरूमा सात सयभन्दा बढी नेता कार्यकर्तामाथि स्पष्टीकरण तथा कारबाहीको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै क्षेत्रीय तथा इकाइ तहका निर्वाचित सभापतिलाई व्यक्तिगत वा गुटगत स्वार्थका आधारमा हटाउने तथा पद परिवर्तन गर्ने गरिएको आरोप लगाइएको छ।

स्थानीय तहबाट सर्वसम्मत रूपमा सिफारिस गरिएका उम्मेदवारलाई बेवास्ता गरी केन्द्रबाट टिकट वितरण गरिएको विषयले कार्यकर्तामा असन्तुष्टि बढाएको समूहको दाबी छ।समूहले असन्तुष्ट नेता कार्यकर्तालाई सांगठनिक प्रक्रियामा समेट्दै सबै पक्षको सहभागिता र सहमतिमा १५औँ महाधिवेशन सम्पन्न गर्न माग गरेको छ।

माग सम्बोधन नभए महाधिवेशनका कार्यक्रम बहिष्कार गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।कांग्रेसभित्र १५औँ महाधिवेशनलाई एकताको आधारमा अघि बढाउनुपर्ने आवाज पछिल्लो समय अन्य तहमा पनि उठिरहेको देखिन्छ।

पत्रकार सम्मेलनमा जिल्ला सहसचिव मो. वजीह अरसद, क्षेत्र नं. १ का सभापति अब्दुल मन्नान खान, प्रदेश सदस्य उम्मेदवार डोलकराम घिमिरे, क्षेत्रीय प्रदेश सभापति दुर्गा बहादुर केसी, कपिलवस्तु नगरपालिका सभापति खुर्शिद अहमद खाँ, जिल्ला सदस्यहरू हरि राज घिमिरे र कमल राज आचार्य, शुद्धोधन गाउँपालिका सभापति विश्वम्भर प्रसाद कुर्मी तथा मायादेवी गाउँपालिका सभापति शैलेन्द्र दिबेदी लगायत सहभागी थिए।

  • Related Posts

    गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश

    सुरेश कुमार पांडेय कपिलवस्तु । मायादेवी गाउँपालिका–३, डुमरियामा आयोजित गणेश चतुर्थी पूजा तथा सांस्कृतिक कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष वलाउद्दीन खानको विशेष सहभागिता रहेको छ। मिति २०८३ साल भदौ २९ गते…

    नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

    रुपन्देही — नागरिकका समस्या, गुनासा तथा सुरक्षा सम्बन्धी विषयमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यले मंगलबार इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    कपिलवस्तु कांग्रेसमा एकताको महाधिवेशन’को माग विधि र आन्तरिक लोकतन्त्रको सम्मान गर्न आग्रह

    • By admin
    • September 16, 2026
    • 28 views
    कपिलवस्तु कांग्रेसमा एकताको महाधिवेशन’को माग विधि र आन्तरिक लोकतन्त्रको सम्मान गर्न आग्रह

    गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश

    • By admin
    • September 15, 2026
    • 122 views
    गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश

    नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

    • By admin
    • September 15, 2026
    • 71 views
    नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

    भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद

    • By admin
    • September 15, 2026
    • 86 views
    भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद

    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    • By admin
    • September 14, 2026
    • 590 views
    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

    • By admin
    • September 14, 2026
    • 42 views
    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना