नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

रुपन्देही — नागरिकका समस्या, गुनासा तथा सुरक्षा सम्बन्धी विषयमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यले मंगलबार इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजन, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक होमनाथ रेग्मी लगायतको उपस्थिति रहेको थियो।

नागरिक सुनुवाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, आमा समूहका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा समाजसेवीसहित करिब १२५ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय नागरिकले क्षेत्रको शान्ति–सुरक्षा, प्रहरी सेवा तथा समुदायसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना गुनासा, सुझाव र अपेक्षा राखेका थिए।

प्रहरी अधिकारीहरूले नागरिकका सवाल तथा सुझावलाई सम्बोधन गर्दै प्रहरी र नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।नागरिकका आवाज प्रत्यक्ष सुन्ने र प्रहरी सेवाप्रति नागरिकको विश्वास अझ मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रमले ‘प्रहरी–नागरिक सहकार्य, सुरक्षित समाजको आधार’ भन्ने सन्देश दिएको छ।

Related Posts

गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश

सुरेश कुमार पांडेय कपिलवस्तु । मायादेवी गाउँपालिका–३, डुमरियामा आयोजित गणेश चतुर्थी पूजा तथा सांस्कृतिक कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष वलाउद्दीन खानको विशेष सहभागिता रहेको छ। मिति २०८३ साल भदौ २९ गते…

भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद

राजाराम चौधरी, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने कृष्णनगरमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा माछा बरामद भएको छ। कृष्णनगर सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश

  • By admin
  • September 15, 2026
  • 118 views
गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश

नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • By admin
  • September 15, 2026
  • 62 views
नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद

  • By admin
  • September 15, 2026
  • 83 views
भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

  • By admin
  • September 14, 2026
  • 583 views
घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

  • By admin
  • September 14, 2026
  • 42 views
शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

  • By admin
  • September 14, 2026
  • 54 views
तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग