नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

रुपन्देही — नागरिकका समस्या, गुनासा तथा सुरक्षा सम्बन्धी विषयमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यले मंगलबार इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजन, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक होमनाथ रेग्मी लगायतको उपस्थिति रहेको थियो।

नागरिक सुनुवाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, आमा समूहका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा समाजसेवीसहित करिब १२५ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय नागरिकले क्षेत्रको शान्ति–सुरक्षा, प्रहरी सेवा तथा समुदायसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना गुनासा, सुझाव र अपेक्षा राखेका थिए।

प्रहरी अधिकारीहरूले नागरिकका सवाल तथा सुझावलाई सम्बोधन गर्दै प्रहरी र नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।नागरिकका आवाज प्रत्यक्ष सुन्ने र प्रहरी सेवाप्रति नागरिकको विश्वास अझ मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रमले ‘प्रहरी–नागरिक सहकार्य, सुरक्षित समाजको आधार’ भन्ने सन्देश दिएको छ।

Related Posts

लुम्बिनी–१३ को वडा अध्यक्ष पदमा रास्वपाका समसुल होदा शेखको दावेदारी, चुनावी तयारीमा सक्रिय

रुपन्देही । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ मा चुनावी सरगर्मी बढ्न थालेको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर सदस्य समसुल होदा शेखले…

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

राजु चौधरी थारु नेपालको तराई क्षेत्रको इतिहास, संस्कृति, भाषा, परम्परा र सामाजिक विकाससँग थारू समुदायको गहिरो सम्बन्ध रहेको छ । आफ्नै मौलिक पहिचान, श्रम, सीप र संस्कृतिका कारण थारू समुदाय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

लुम्बिनी–१३ को वडा अध्यक्ष पदमा रास्वपाका समसुल होदा शेखको दावेदारी, चुनावी तयारीमा सक्रिय

  • By admin
  • October 30, 2026
  • 128 views
लुम्बिनी–१३ को वडा अध्यक्ष पदमा रास्वपाका समसुल होदा शेखको दावेदारी, चुनावी तयारीमा सक्रिय

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

  • By admin
  • October 29, 2026
  • 134 views
थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

  • By admin
  • October 20, 2026
  • 269 views
दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 56 views
शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 87 views
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 105 views
युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त