गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश

सुरेश कुमार पांडेय कपिलवस्तु । मायादेवी गाउँपालिका–३, डुमरियामा आयोजित गणेश चतुर्थी पूजा तथा सांस्कृतिक कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष वलाउद्दीन खानको विशेष सहभागिता रहेको छ।

मिति २०८३ साल भदौ २९ गते आयोजित कार्यक्रममा अध्यक्ष खानसहित विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा गणेश चतुर्थी पूजासँगै झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने कार्यक्रममा सहभागी अतिथिहरूलाई आयोजक समितिका तर्फबाट सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा मायादेवी गाउँपालिका अध्यक्ष वलाउद्दीन खानलाई गणेश चतुर्थीको अवसरमा आयोजक समितिका तर्फबाट प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो। प्रमाणपत्र ग्रहण गर्दै अध्यक्ष खानले गणेश चतुर्थीको अवसरमा सम्पूर्ण गाउँपालिकावासी तथा उपस्थित श्रद्धालुहरूमा शुभकामना व्यक्त गर्नुभयो।

अध्यक्ष खानले धार्मिक तथा सांस्कृतिक पर्वहरूले समाजमा आपसी सद्भाव, भाइचारा, सहिष्णुता र एकताको भावना थप बलियो बनाउने बताउनुभयो। उहाँले सबै समुदायबीचको आपसी सम्मान र सहकार्यले मात्रै समाजलाई समृद्ध र शान्त बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “सबैको भलो होस्, सबैको जीवनमा सुख, शान्ति र समृद्धि आओस्। यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरू आपसी प्रेम, सद्भाव र खुसीयालीका साथ मनाऔँ। हाम्रो समाजमा एकता र भाइचाराको भावना अझ बलियो बनोस् भन्ने मेरो शुभकामना छ।”अध्यक्ष खानको सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको आयोजकहरूले बताएका छन्।

धार्मिक आस्था फरक भए पनि एकअर्काका पर्व तथा संस्कृतिलाई सम्मान गर्ने परम्पराले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने सहभागीहरूको भनाइ थियो।कार्यक्रममा बजरंगी चौधरी पूर्व मायादेवी गाउँपालिका अध्यक्ष , पुर्व महिला तथा वालवालिका मन्त्री दानबहादुर चौधरी, सुबास यादव आदर्श कुमार नागवंशी प्रमोद कुमार चौधरी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।कार्यक्रमका क्रममा अतिथिहरूलाई सम्मान गर्नुका साथै गणेश चतुर्थी पूजासँग सम्बन्धित झाँकी तथा सांस्कृतिक कार्यक्रमका विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो।

कार्यक्रममा उपस्थित श्रद्धालु तथा स्थानीयवासीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।गणेश चतुर्थीको अवसरमा आयोजित उक्त कार्यक्रमले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सामुदायिक एकताको सन्देश दिएको देखिएको छ। विभिन्न समुदायका व्यक्तिहरूको सहभागिताले मायादेवी गाउँपालिकामा आपसी सम्मान र सहकार्यको वातावरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

  • Related Posts

    नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

    रुपन्देही — नागरिकका समस्या, गुनासा तथा सुरक्षा सम्बन्धी विषयमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यले मंगलबार इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।…

    भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद

    राजाराम चौधरी, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने कृष्णनगरमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा माछा बरामद भएको छ। कृष्णनगर सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश

    • By admin
    • September 15, 2026
    • 119 views
    गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश

    नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

    • By admin
    • September 15, 2026
    • 62 views
    नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

    भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद

    • By admin
    • September 15, 2026
    • 83 views
    भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद

    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    • By admin
    • September 14, 2026
    • 583 views
    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

    • By admin
    • September 14, 2026
    • 42 views
    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

    तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

    • By admin
    • September 14, 2026
    • 54 views
    तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग