रुपन्देही, कार्तिक ०१ गते।
युवा नेता रजनीकान्त चौधरीले नेपालीहरूको महान् पर्व विजयादशमी, दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले यी पर्वहरूले समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम, एकता र सामाजिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
साथै, चाडपर्वले परिवार, आफन्त तथा समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै समाजमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा फैलाउन सहयोग पुर्याउने उहाँको भनाइ छ।
युवा नेता चौधरीले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।




