कपिलवस्तु, कार्तिक ०१ गते ।शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व विजयादशमी, दीपावली तथा छठ पर्वको पावन अवसरमा गाउँपालिकावासीसहित देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
अध्यक्ष चौधरीले यी पर्वहरूले समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम, एकता र सहिष्णुता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले चाडपर्वले सबैको जीवनमा सुख, शान्ति समृद्धि र खुसी ल्याओस् भन्दै सबैलाई आपसी सद्भाव र मेलमिलापका साथ पर्व मनाउन आग्रह गर्नुभएको छ।विजयादशमी, दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना!




