भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद

राजाराम चौधरी, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने कृष्णनगरमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा माछा बरामद भएको छ।

कृष्णनगर सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित गुल्म कृष्णनगरको मातहत क्षेत्रमा खटिएको सशस्त्र प्रहरी टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानीका क्रममा भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको माछाको अनुमानित मूल्य १ लाख २० हजार रुपैयाँ रहेको छ।माछा ओसारपसारमा प्रयोग गरिएका ५ वटा साइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएको माछा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको जनाइएको छ।सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी–तस्करी नियन्त्रणका लागि निगरानीलाई थप कडाइ गर्ने सशस्त्र प्रहरीले जनाएको छ।

Related Posts

लुम्बिनी–१३ को वडा अध्यक्ष पदमा रास्वपाका समसुल होदा शेखको दावेदारी, चुनावी तयारीमा सक्रिय

रुपन्देही । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ मा चुनावी सरगर्मी बढ्न थालेको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर सदस्य समसुल होदा शेखले…

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

राजु चौधरी थारु नेपालको तराई क्षेत्रको इतिहास, संस्कृति, भाषा, परम्परा र सामाजिक विकाससँग थारू समुदायको गहिरो सम्बन्ध रहेको छ । आफ्नै मौलिक पहिचान, श्रम, सीप र संस्कृतिका कारण थारू समुदाय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

लुम्बिनी–१३ को वडा अध्यक्ष पदमा रास्वपाका समसुल होदा शेखको दावेदारी, चुनावी तयारीमा सक्रिय

  • By admin
  • October 30, 2026
  • 128 views
लुम्बिनी–१३ को वडा अध्यक्ष पदमा रास्वपाका समसुल होदा शेखको दावेदारी, चुनावी तयारीमा सक्रिय

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

  • By admin
  • October 29, 2026
  • 134 views
थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

  • By admin
  • October 20, 2026
  • 269 views
दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 56 views
शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 87 views
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 105 views
युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त