दुर्गेश मिश्राकपिलवस्तु, असोज १७ गते । विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टर मायादेवी ३ फुलिकाको आयोजनामा नेचुरल लाइफ चिल्ड्रेन एकेडेमीका विद्यार्थीहरूका लागि तीन दिने पब्लिक स्पिकिङ तालिम सम्पन्न भएको छ।

विद्यार्थीहरूमा आत्मविश्वास प्रभावकारी सञ्चार, नेतृत्व क्षमता तथा सार्वजनिक रूपमा आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा एकेडेमीका ७० जना विद्यार्थी सहभागी भएका थिए।

तालिममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर तथा प्रशिक्षक इमरान खानले तीन दिनसम्म विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा सार्वजनिक रूपमा बोल्ने कला, प्रस्तुति दिने शैली आत्मविश्वासका साथ आफ्ना विचार राख्ने तरिका तथा प्रभावकारी सञ्चार सीपसम्बन्धी अभ्यास गराइएको थियो।कार्यक्रमको अध्यक्षता विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरका फाउन्डर तथा डाइरेक्टर विशाल सिंहले गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले प्रशिक्षणबाट आफूहरूमा सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास बढेको तथा आफ्ना विचार प्रस्तुत गर्ने नयाँ सीप सिक्न पाएको बताएका थिए।तालिम सफल बनाउन सहयोग गर्ने नेचुरल लाइफ चिल्ड्रेन एकेडेमीका प्रधानाध्यापक रामनरेश यादव, साफी यारिल उद्योग (गाई छाप) चन्द्र हस्पिटल नौगढका डा. मनोज विश्वकर्मा सीएलसी उपलब्ध गराउनुहुने

सुग्रीम सर लगायत सम्पूर्ण सहयोगी, विद्यार्थी, अभिभावक तथा समाजसेवीहरूप्रति आयोजक विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।आयोजकका अनुसार विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व क्षमतासँगै भविष्यमा आत्मविश्वासपूर्वक आफ्ना विचार प्रस्तुत गर्न सक्ने वातावरण निर्माण गर्न यस्ता प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ।





