राजाराम चौधरीकपिलवस्तु । शिवराज नगरपालिका–१, शिवपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।

समुदाय र प्रहरीबीचको सहकार्य तथा आपसी समन्वयलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा शान्ति–सुरक्षा, अपराध नियन्त्रण, बालबालिकाको सुरक्षा तथा प्रहरी–समुदायबीचको सम्बन्धलगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा सहभागीहरूलाई बालबालिकाको सुरक्षा, सम्भावित अपराध तथा जोखिमबाट बच्ने उपाय र सुरक्षित समाज निर्माणमा प्रहरी तथा समुदायको भूमिकाबारे जनचेतनामूलक जानकारी प्रदान गरिएको थियो।

विद्यालय, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई प्रहरीसँग सहकार्य गर्दै शान्त, सुरक्षित र सभ्य समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै स्थानीयस्तरमा सुरक्षा तथा जनचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।





