यशोधरा ४ मा चुनावी चर्चा बढ्दै युवा समाजसेवी शैलेन्द्र सिंह कुर्मी (राहुल) को नाम चर्चामा

दुर्गेश मिश्रा कपिलवस्तु असोज १९गते । यशोधरा गाउँपालिका ४ मा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राजनीतिक माहोल विस्तारै तातिन थालेको छ। निर्वाचन आउन अझै समय रहे पनि चोक चौराहा बजार तथा विभिन्न सामाजिक भेटघाटमा सम्भावित वडा अध्यक्षका उम्मेदवारबारे चर्चा सुरु भएको छ।

यसैबीच युवा समाजसेवी शैलेन्द्र सिंह कुर्मी ( राहुल )को नाम पनि स्थानीय राजनीतिक चर्चामा देखिन थालेको छ राहुलले निरन्तर रूपमा वडामा विभिन्न सामाजिक गतिविधि तथा स्थानीयस्तरमा सहयोग गर्दै आएको उनका समर्थकहरूको भनाइ छ।

समर्थकहरूका अनुसार उहाँको जनतासँगको प्रत्यक्ष सम्पर्क, सरल व्यवहार र स्थानीय समस्याप्रतिको चासोलाई सकारात्मक रूपमा लिइएको छ। यद्यपि आगामी निर्वाचनमा उहाँको उम्मेदवारी र राजनीतिक रणनीतिबारे भने औपचारिक घोषणा भइसकेको छैन।

यशोधरा ४ मा चुनावी बहस बढ्दै जाँदा सडक तथा पूर्वाधार, शिक्षा, स्वास्थ्य, सरसफाइ, सार्वजनिक सेवा र सुशासनजस्ता स्थानीय मुद्दा पनि प्राथमिकतामा आउन थालेका छन् मतदाताले विगतमा भएका कामसँगै आगामी दिनमा प्रस्तुत हुने योजना प्रतिबद्धता र जनतासँगको सम्बन्धलाई समेत महत्व दिने देखिन्छ।

आगामी दिनमा सम्भावित उम्मेदवार राजनीतिक समीकरण र स्थानीय जनधारणाले चुनावी तस्वीर थप स्पष्ट बनाउनेछ। अहिले भने शैलेन्द्र सिंह कुर्मी ( राहुल )को सक्रियता र आगामी कदमलाई लिएर यशोधरा–४ मा स्थानीयस्तरमा चासो बढ्न थालेको छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 73 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 59 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 73 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल