विदेशमा पसिना बगाउँदै देशका पहरेदार नेपाली श्रमिकको संघर्ष र योगदान लेखक: राजु चौधरी थारु

लेखक: राजु चौधरी थारु नेपालको राष्ट्रिय सुरक्षाको कुरा गर्दा हामीले देख्ने प्रायः नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पोशाक लगाएका सुरक्षाकर्मीहरू आउँछन । उनीहरू देशको सीमा, शान्ति सुरक्षा, कानुनको पालना र नागरिकको सुरक्षाका लागि आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन ।

उनीहरूको योगदान प्रति हाम्रो कुनै प्रश्न छैन । तर राष्ट्रिय सुरक्षालाई केवल बन्दुक, वर्दी र सीमासँग मात्र जोडेर हेर्ने हो भने हामीले सुरक्षाको एउटा अत्यन्त महत्वपूर्ण पक्षलाई छुटाइरहेका छौ त्यो हो देशको आर्थिक सुरक्षा ।आज लाखौँ नेपाली युवाहरु आफ्नो जन्मभूमिबाट हजारौँ किलोमिटर टाढा विदेशी भूमिमा गई पसिना बगाइरहेका छन ।

उनीहरू बिहानदेखि साँझसम्म कठिन परिश्रम गरिरहेका छन, प्रचन्ड घाम होस वा कठ्याङ्ग्रिने जाडो, अपरिचित भाषा, फरक संस्कृति र परिवारबाट टाढाको पीडा सहँदै उनीहरूले आफ्नो श्रम बिदेशी भुमीमा बेचिरहेका छन ।उनीहरूको हातमा ठूलो शैक्षिक प्रमाणपत्र छैन ।

उनीहरूसँग सरकारी सेवाको पोशाक अथवा वर्दी छैन, उनीहरूसँग शक्तिशाली पद छैन र आफ्नो अनुकुल अधिकार छैन । तर उनीहरूसँग एउटा अमूल्य शक्ति छ श्रम गर्ने क्षमता, संघर्ष गर्ने साहस र परिवार तथा मातृभूमिका लागि केही गर्ने अठोट छ ।विदेशी भुमिमा बसेर उनीहरूले कमाएको प्रत्येक रुपैयाँ केवल व्यक्तिगत आम्दानी होइन ।

त्यो रकम नेपालमा रहेका परिवारको जीवनसँग जोडिएको हुन्छ । त्यही पैसाले घरको चुलो बल्छ, छोराछोरी विद्यालय जान्छन, बिरामी आमा बुबाको उपचार हुन्छ, ऋण तिरिन्छ, घर निर्माण हुन्छ, दैनिक जिवनका आवश्यकताहरु पुरा हुन्छन र परिवारको भविष्य सुरक्षित हुन्छ ।अझ ठूलो कुरा, विदेशमा रहेका नेपाली श्रमिकले पठाउने रकमले समग्र नेपाली अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ ।

नेपालभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसकेको अवस्थामा विदेशमा नेपालीहरुले गरेको श्रमले देशको आर्थिक गतिविधिलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलिरहेको छ । त्यसैले प्रश्न उठ्छ देशको आर्थिक आधारलाई यति ठूलो योगदान दिने नेपाली श्रमिकहरुलाई हामीले राष्ट्रिय सुरक्षाको हिस्साका रूपमा किन नहेर्ने……?राष्ट्रिय सुरक्षा भनेको केवल बाहय आक्रमणबाट सीमा जोगाउनु मात्र होइन ।

नागरिकको जीवन सुरक्षित हुनु, परिवारको आर्थिक अवस्था सबल हुनु, नागरिकहरुको शिक्षा र स्वास्थ्यमा सहज पहुँच पुग्नु तथा देशको अर्थतन्त्र चलायमान रहनु पनि राष्ट्रिय सुरक्षाका महत्वपूर्ण पक्षहरु हुन । यस अर्थमा विदेशमा श्रम गरिरहेका नेपाली श्रमिकहरुलाई “आर्थिक सुरक्षाका पहरेदार”भन्न सकिन्छ ।

हामी नेपालीहरुको विडाम्बना भन्नुपर्छ देशभित्र रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवाहरु बाध्यताले विदेश जान्छन घरपरिवार, श्रीमती, छोराछोरी, आमाबुबा र आफ्ना प्रियजनलाई छाडेर उनीहरू अनिश्चित भविष्य बोकेर विमान चढ्छन । विदेशी भूमिमा पुगेपछि पनि उनीहरूको संघर्ष समाप्त हुँदैन बरु नयाँ संघर्ष सुरु हुन्छ ।

कहिलेकाहीँ कामको कठिनाइ, श्रम अधिकारको समस्या, दुर्घटना, बिरामी, ठगी, पारिश्रमिक सम्बन्धी विवाद र घरबाट टाढाको मानसिक दबाबसमेत उनीहरूले सामना गर्नुपर्ने हुन्छ । तर यति हुँदाहुँदै पनि उनीहरू निरन्तर परिश्रम गरिरहेका हुन्छन् किन…..? किनकि नेपालमा रहेको परिवारको आशा भरोसा नै उनिहरुमाथी हुन्छ ।

एउटा आमाले विदेशमा रहेको छोराको पसिनाको कमाइबाट औषधी किन्छिन, एउटा बाबुले छोरा छोरीको पढाइ खर्च त्यही पैसाबाट तिर्छन, एउटा छोरा छोरीले आफ्ना बाबु आमाको त्यागबाट आफ्नो भविष्य बनाउँछन, एउटा गाउँको घर विदेशमा रहेको श्रमिकको श्रमले धानिएको हुन्छ ।

त्यसैले विदेशमा काम गर्ने नेपाली श्रमिक केवल “रेमिट्यान्स पठाउने व्यक्ति मात्र होइन आर्थिक सुरक्षाको वास्तविक पहरेदार”हुन । उनीहरु एउटा परिवारको आशा भरोसा, एउटा गाउँको आधार र नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हुन ।

अझ अर्को महत्वपूर्ण पक्ष के छ भने विदेशमा गएर नेपाली युवाले आफ्नो क्षमता विश्वसामु पर्दशन गरिरहेका छन् निर्माणदेखि प्रविधि, होटलदेखि स्वास्थ्य, कृषि, सुरक्षा, यातायात तथा विभिन्न सेवा क्षेत्रमा नेपालीहरूले आफ्नो मेहनत र इमानदारीबाट श्रमको क्षेत्रमा विश्वसामु बहादुरीको पहिचान बनाएका छन ।

जसरी आज विश्व जगतमा ठुला तथा शक्तिाशाली राष्ट्रहरुले आधुनिक किसिमका हात हतियार बनाएर शक्ति पर्दशन गरिरहेका आफुलाई विश्वभरिमा शक्तिशाली राष्ट्र भनेर साबित गरिरहेका छन त्यस्तै कम अवसर पाएको एउटा नेपाली श्रमिक विदेशी भूमिमा पुगेर आफ्नो सीप र श्रमका माध्यमबाट आफूलाई प्रमाणित गर्छ । उसले संसारलाई देखाउँछ कि नेपाली श्रमिक मेहनत गर्न सक्छ, कठिन परिस्थितिमा टिक्न सक्छ र जिम्मेवारीपूर्वक काम गर्न सक्छ ।

नेपाली श्रमिकहरुले विश्व जगतमा आफ्नो श्रम औवल दर्जको रहेको साबित गरेका छन् । यो पनि नेपालको विश्वसामु एउटा अन्तर्राष्ट्रिय पहिचान हो । तर विडम्बना के छ भने, यिनै श्रमिकलाई नेपालमा आवश्यक अवसर र सम्मान दिन हामी अझै पर्याप्त सफल भएका छैनौँ । देशमा रोजगारीको अवसर सिर्जना गर्ने, श्रमिकको सीप विकास गर्ने, विदेश जाने प्रक्रियालाई सुरक्षित र पारदर्शी बनाउने तथा फर्किएपछि उनीहरूको सीप र पूँजीलाई नेपालमै प्रयोग गर्ने वातावरण निर्माण गर्नु राज्यको महत्वपूर्ण जिम्मेवारी हो ।

हामीले विदेशमा रहेका नेपालीलाई केवल पैसा पठाउने मेसिनका रूपमा हेर्नु हुँदैन । उनीहरू मानव पूँजी हुन उनीहरूसँग श्रम मात्र होइन, सीप, अनुभव, अन्तर्राष्ट्रिय कार्यसंस्कृति र नयाँ ज्ञान पनि छ ।त्यसैले अब राष्ट्रिय सुरक्षाको परिभाषालाई फराकिलो बनाउने समय आएको छ । सीमामा उभिएर देशको भौगोलिक अखण्डताको रक्षा गर्ने सुरक्षाकर्मी आवश्यक छन, सडकमा शान्ति सुरक्षा र कानुन पालना गराउने प्रहरी आवश्यक छन तर विदेशी भूमिमा दिनरात श्रम गरेर आफ्नो परिवार र देशको आर्थिक आधार बलियो बनाउने नेपाली श्रमिक पनि उत्तिकै सम्मानका हकदार छन ।

उनीहरू बन्दुक बोकेर देशमो सीमाको रक्षा त गर्दैनन, तर आफ्नो पसिनाले परिवारको भविष्य सुरक्षित बनाउछन, उनीहरू वर्दी लगाउँदैनन तर आफ्नो श्रमबाट नेपालको नाम चिनाउँछन उनीहरू सुरक्षा निकायमा कार्यरत हुँदैनन, तर आर्थिक संकटबाट आफ्ना परिवारलाई जोगाउँछन । देशको सीमा जोगाउनेहरू राष्ट्रिय सुरक्षाका पहरेदार हुन् भने, देशको आर्थिक आधार जोगाउन विदेशी भूमिमा पसिना बगाउने नेपाली श्रमिकहरू आर्थिक सुरक्षाका पहरेदार हुन ।

अब राज्य र समाज दुवैले उनीहरूको योगदानलाई नयाँ दृष्टिले हेर्न आवश्यक छ । विदेशमा नेपालीले बगाएको पसिना केवल पसिना मात्र होइन त्यसमा परिवारको भविष्य छ, त्यसमा गाउँको आशा छ, त्यसमा देशको अर्थतन्त्र छ, र नेपालको सम्भावना लुकेको छ ।

त्यसैले भन्न सकिन्छ “नेपालका वास्तविक आर्थिक सुरक्षा पहरेदार ती नेपाली श्रमिकहरु हुन जो आफ्नो घर परिवारबाट टाढा रहेर विदेशी भूमिमा पसिना बगाउँदै नेपाललाई आर्थिक रूपमा सबल र बलियो बनाईरहेका छन ।” आफ्नो सुख–सुविधा र परिवारको साथ त्यागेर देशको आर्थिक समृद्धिका लागि निरन्तर संघर्ष गरिरहेका ती श्रमिकहरूप्रति हामी सम्पूर्ण नेपालीलाई गर्व छ ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 73 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 59 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 73 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल