रुपन्देही ।
मिति २०८२/८/११ गते, बिहीबार, जनमत पार्टी रुपन्देही जिल्ला समन्वय समितिद्वारा आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा राष्ट्रिय अध्यक्ष डा. सीके राउत ज्यूको प्रमुख आतिथ्यता तथा केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो।त्यसैगरी कार्यक्रमको अध्यक्षता अनुसन्धन तथा भ्रष्टाचार निवारण विभागका राष्ट्रिय प्रमुख एवं रुपन्देही जिल्ला इञ्चार्ज संजय कुमार मिश्र ज्यूले गर्नुभएको थियो।
कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य रामकेश गुप्ता, लुम्बिनी अध्यक्ष राजेन्द्र गुप्ता, S.N. मण्डल, मा. निलम पासवान, लुम्बिनी प्रदेश सभा सांसद एवं पूर्व मन्त्री सि.के. गुप्ता, पूर्व मन्त्री सुमन राय माझी सर्मा, निर्मला हरिजन, केन्द्रीय सदस्य अर्जुन जैसवाल, कृष्ण कोहार, धनिराम चौधरी, कमल चौधरी, प्रमोद राउत, रामदेव यादव, राम अवध गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन शिवचरण केवटले गर्नुभएको थियो।बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, आगामी कार्ययोजना तथा जनस्तरमा पार्टीको पहुँच विस्तार सम्बन्धी विषयमा विस्तृत छलफल भएको आयोजक समितिले जनाएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनमत पार्टी रुपन्देहीले जानकारी दिएको छ।





