लुम्बिनी । कप्तान अहमद खानको नेतृत्वमा लुम्बिनी राइडर्सले NSPL (नेशनल सुपर प्रिमियर लिग) को फाइनलमा जनकपुरलाई हराउँदै उपाधि आफ्नो नाममा दर्ता गराएको छ ।

राइडर्सले ७२ रनको लक्ष्य सफलतापूर्वक बचाउँदै अन्तिम खेलमा १८ रनले शानदार जीत हासिल गरे । कठिन सुरुवातपछि पनि अन्तिम क्षणसम्मको संघर्ष, विश्वास र टोलीको एकताले राइडर्सलाई ऐतिहासिक सफलता दिलाएको हो ।
खेलमा देखिएको जोश, दृढता र आत्मबलले “राइडर्स स्पिरिट” झल्काएको थियो। कप्तान अहमद खानले भने, “हामीले सपना देख्यौं, संघर्ष गर्यौं र अन्ततः सफलता हाम्रो बनायौं।”
लुम्बिनी राइडर्स अब NSPL का गौरवशाली च्याम्पियन!






