सामुदायिक वनको ३०औं वार्षिक साधारण सभा सफल

सन्दिप पौडेल/अर्घाखाँची कार्तिक २२शनिबार
सितगंगा नगरपालिका वडा न १२ मा रहेको श्री मजुरेडाडा सामुदायिक बन उपभोक्ता समुहको ३०औं वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सभ्य र भब्य रूपमा समपन्न भएको छ।

सामुदायिक वनका अध्यक्ष प्रदीप बि.सि को अध्यक्षतामा भएको कार्यक्रममा”स्व्च्छ,सुन्दर हराभरा मजुरेडाडा सामुदायिक वन पर्या पर्यटन प्रबर्द्धन दिगो वन ब्यवस्थापन भविस्यको मुल आधार” भन्ने मुल नाराका साथ ३०औं वार्षिक साधारणसभा समपन्न भएको हो।

सा.व.को आफ्नै भवनको प्राङ्गणमा सम्पन्न वार्षिक साधारणसभामा प्रमुख अतिथी सितगंगा नगरपालिका-१२का वडाध्यक्ष चोप बहादुर घर्ती मगरले सामुदायिक वनले गरेको कार्यप्रती प्रशंसा गर्दै अब सामुदायिक वन समुह बन संरक्षण गर्नेमात्र नभैइ उधमशिलता तर्फ पनि अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए।

मगरले वन सबैको साझा भएकाले सबैको अपन्त्व हुने गरि हाम्रो हो भन्ने भावनाका साथ अगाडी बढ्नुपर्नेमा जोड दिदै एक ब्यक्तिको नभैइ वन सबैको साझ सम्पत्ति भएकोले वन संरक्षण गर्नु सबैको दायित्व हो भन्ने सवैले सोची राखेको महसुस गरिराखेको बताए।

वनले स्थानिय क्षेत्रमा विकासका पुर्वाधार निर्माण सँगसँगै शिक्षा,स्वास्थ,कृषि लगाएत गरिविनिवारण सम्बन्धि काम पनि गर्न सक्ने हुनाले चोरी सिकारी नियन्त्रण गर्दै वन संरक्षण गर्नु पर्नेमा उनले जोड दिए।

विगतमा विभिन्न कार्यहरुमा वडाले सहकार्य गर्दै आएको भन्दै सामुदायिक वनलाई स्थानीय सरकारको तर्फबाट र आफ्नो ब्यक्तिगत सदैब साथ सहयोग रहने प्रतिबद्धता समेत जनाए।
कार्यक्रममा विशिस्ट अतिथि बाडगंगा सब डिभिजन वन कार्यालयका डोहोटेका वरिष्ठ वन अधिकृत अर्जुन चापागाईंले सामुदायिक वनले तयार पारेको वार्षिक कार्यक्रम अनुरुप आफ्ना कार्यक्रमहरु छिटोछरितो र पारदर्शी रूपमा सञ्चालन गर्दै नमुना वनको रूपमा विकास गर्न सके यस क्षेत्रको समेत उल्लेखनीय परिवर्तन हुने विस्वास ब्यक्त गरे।

कार्यक्रममा बोल्दै सा.व का संस्थापक अध्यक्ष डिलाराम भुसालले वन संरक्षण र सम्बर्धनलाई प्राथमिकता मा राख्दै समाज रुपान्तरणमा वनको महत्त्वपुर्ण भुमिका रहने बताउनु भयो।उहाँले सवै सरोकारवालाको सहकार्य मार्फत समृद्धि हासिल गर्न सकिने विस्वास व्यक्त गर्दै आपसी छ्लफलका माध्यमबाट कार्यक्रम तर्जुमा गर्नु पर्नेमा जोड दिनु भयो।
सो कार्यक्रममा अन्य वक्ताहरूले समेता आफ्ना मन्तब्यहरु राखेका थिए ।

कार्यक्रममा सस्थाको गत वर्ष २०८१/०८२को प्रगति प्रतिवेदन साथै आ.व. ०८२/०८३ को अनुमानित ६९१४२९२ बराबरको आय/ब्यय सहित वार्षिक नीति तथा कार्यक्रम सा.व.अध्यक्ष प्रदीप बि.सि.ले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष विजय श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो त्यस्तै लेखा प्रतिवेदन लेखा सयोजकले प्रस्तुत गर्नु भएको थियो ।प्रस्तुत प्रतिवेदन आपसी छ्लफल पछि भेलाले पारित गरेको थियो भने समिति सदस्य सरिता थापाको राजिनामा स्वीकृत गर्दै उक्त पदमा सावित्रा पौडेल लाई सर्वसम्मतिले नियुक्ति गरिएको थियो।

कार्यक्रममा प्रस्तुत प्रगति प्रतिवेदन अनुसार १०,०००,००/-वडा न-१२को आर्थिक सहयोग र सा.व.को १५,०००,००/- रुपैयाँमा तल्लो चुरेटोला जाने सडक कालोपत्रे , जिल्ला वन कार्यालयको ५०%आर्थिक सहयोग र सा.व. को ५०%लगानीमा आधुनिक घाटगदी निर्माण,उज्यालो कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा ४०वटा बिधुतिय सेन्सर लाईट जडान,अतिपिपन्न तीन परिवारमा शौचालय निर्माण,सा.व.को भवन छेउमा रहेको जिर्ण मन्दिर तथा शौचालय जिर्णोदवार,उपल्लो खानेपानी सस्थालाई आर्थिक सहयोग लगाएत थुप्रै कार्यहरु भएको देखिन्छ।

तेस्तै कार्यक्रममा सा.व.क्षेत्रमा आगलागी नियन्त्रण साथै तोकिएको कार्य कुशलता पुर्वक आफ्नो जिम्मेवारी पूरा गरे बापत सम्मान स्वरुप वन हेरालुहरु खड्क बहादुर बस्नेत,पुरन रोका,रिता बुढाथोकी र दिलबहादुर थापालाई नगद सहित सम्मान गरिएको थियोे ।

उक्त कार्यक्रममा वनका उपभोक्ता तथा विभिन्न संघसंस्थाका पदाधिकारी,पत्रकार,प्रहरी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन उक्त सा.व.कि सचीव रोमा वेल्वासेले गर्नु भएको थियो।

Related Posts

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्नमहिलवार, लुम्बिनी ।लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारस्थित नगरपालिका सभाहलमा आज २०८३ साल असार २९ गते, सोमबार पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 97 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 70 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 8 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 84 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 229 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा

  • By admin
  • June 26, 2026
  • 102 views
जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा