प्रहरी सहायक हवल्दारको मृत्यु, अर्को व्यक्ति गम्भीर घाइते

कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिका–३ मा शुक्रबार दिउँसो दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ भने अर्को व्यक्ति गम्भीर घाइते भएका छन्।

गाउँपालिका कार्यालय नजिकै लु ८३ प ७६९२ नम्बरको मोटरसाइकल र अर्को मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।इलाका प्रहरी कार्यालय पकडीका अनुसार, सो मोटरसाइकलका चालक प्रहरी सहायक हवल्दार राम बेलास यादवको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कोपवा, कपिलवस्तुमा कार्यरत यादव बिदा सकाएर कार्यालयतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।मृतक यादवको घर रोहिणी गाउँपालिका–टिकरमा रहेको बुझिएको छ। सो दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिलाई उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ।

दुर्घटनामा संलग्न अर्को मोटरसाइकल भने घटनास्थलबाट फरार भएको र हालसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Related Posts

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्नमहिलवार, लुम्बिनी ।लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारस्थित नगरपालिका सभाहलमा आज २०८३ साल असार २९ गते, सोमबार पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 97 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 70 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 8 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 84 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 229 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा

  • By admin
  • June 26, 2026
  • 102 views
जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा