जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा

कपिलवस्तु, असार १२ गतेकपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–५ बलुहवास्थित श्री जनता माध्यमिक विद्यालय ले शैक्षिक सत्र २०८३ सालको कक्षा १२ बोर्ड परीक्षामा प्राविधिक धार (कम्प्युटर इन्जिनियरिङ) तर्फ ऐतिहासिक सफलता हासिल गरेको छ।

विद्यालयले ९९ प्रतिशत उत्कृष्ट नतिजा प्राप्त गर्दै आफ्नो शैक्षिक उत्कृष्टतालाई पुनः प्रमाणित गरेको हो।यस गौरवपूर्ण उपलब्धिप्रति विद्यालयका प्रधानाध्यापक रामनिवास चौहान ले सम्पूर्ण विद्यार्थी, शिक्षक तथा प्रशिक्षकहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्नुभएको छ।

उहाँले विद्यालयको यो सफलता शिक्षक तथा प्रशिक्षकहरूको अथक मेहनत, विद्यार्थीहरूको निरन्तर परिश्रम, अनुशासन, लगनशीलता र अभिभावकहरूको सहयोगको प्रतिफल भएको बताउनुभयो।प्रधानाध्यापक चौहानले उत्कृष्ट नतिजामार्फत विद्यालयको प्रतिष्ठा उच्च बनाउने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूको उज्ज्वल, सफल र समृद्ध भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ।

साथै, यस उपलब्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण शिक्षक तथा प्रशिक्षकहरूप्रति विशेष आभार प्रकट गर्नुभएको छ।विद्यालय परिवारले आगामी दिनहरूमा पनि गुणस्तरीय, व्यावहारिक तथा प्रविधिमैत्री शिक्षालाई थप प्रभावकारी बनाउँदै अझ उत्कृष्ट शैक्षिक उपलब्धिहरू हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यस सफलताले विद्यालयलाई जिल्लाकै उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा स्थापित गर्न थप प्रेरणा प्रदान गरेको विद्यालयले जनाएको छ।

Related Posts

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्नमहिलवार, लुम्बिनी ।लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारस्थित नगरपालिका सभाहलमा आज २०८३ साल असार २९ गते, सोमबार पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 90 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 58 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 8 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 82 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 228 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा

  • By admin
  • June 26, 2026
  • 102 views
जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा