पत्रकारितामा योगदानको कदर – सुरेश परियार सम्मानित

रुपन्देही ।रुपन्देही क्षेत्रलाई केन्द्र बनाएर निरन्तर पत्रकारितामा सक्रिय पत्रकार सुरेश परियार ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’बाट सम्मानित भएका छन्।

नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित उद्घाटन सत्रमा परियारलाई नगद पुरस्कार, स्वर्ण पदक तथा सम्मान पत्रद्वारा सम्मान गरिएको हो।

प्रशासन तथा प्रचार–प्रसार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै नेपालभरिबाट छनोट गरिएका प्रतिभामध्ये परियार एकल रूपमा सम्मानित भएका हुन्।

नेपाल जेसिजले विगतदेखि नै विभिन्न विधामा समाजमा योगदान पुर्‍याएका युवाहरूलाई सम्मान गर्दै आएको छ। सोही क्रममा परियारको पत्रकारितामा गरेको योगदान, निष्पक्ष रिपोर्टिङ र सामाजिक उत्तरदायित्वलाई उच्च मूल्याङ्कन गरिएको जेसिजले जनाएको छ।

पछिल्लो एक दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा सक्रिय रहँदै आएका परियारले स्थानीयदेखि राष्ट्रिय मुद्दासम्मलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।

उनको यो सम्मानले सम्पूर्ण पत्रकारिता क्षेत्रलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

Related Posts

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

  • By admin
  • July 15, 2026
  • 66 views
कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 125 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 96 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 23 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 94 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 239 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व