रुपन्देही ।रुपन्देही क्षेत्रलाई केन्द्र बनाएर निरन्तर पत्रकारितामा सक्रिय पत्रकार सुरेश परियार ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’बाट सम्मानित भएका छन्।

नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित उद्घाटन सत्रमा परियारलाई नगद पुरस्कार, स्वर्ण पदक तथा सम्मान पत्रद्वारा सम्मान गरिएको हो।
प्रशासन तथा प्रचार–प्रसार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको मूल्याङ्कन गर्दै नेपालभरिबाट छनोट गरिएका प्रतिभामध्ये परियार एकल रूपमा सम्मानित भएका हुन्।

नेपाल जेसिजले विगतदेखि नै विभिन्न विधामा समाजमा योगदान पुर्याएका युवाहरूलाई सम्मान गर्दै आएको छ। सोही क्रममा परियारको पत्रकारितामा गरेको योगदान, निष्पक्ष रिपोर्टिङ र सामाजिक उत्तरदायित्वलाई उच्च मूल्याङ्कन गरिएको जेसिजले जनाएको छ।

पछिल्लो एक दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा सक्रिय रहँदै आएका परियारले स्थानीयदेखि राष्ट्रिय मुद्दासम्मलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।
उनको यो सम्मानले सम्पूर्ण पत्रकारिता क्षेत्रलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।





