बुटवलमा सवारी चेकजाँचका क्रममा कारको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

बुटवल । सोमबार बुटवल–पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित धागो कारखाना नजिक सवारी चेकजाँचका क्रममा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ।

दिउँसो करिब ४:०० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००३ च ००६६ नम्बरको कारले ड्युटीमा खटिएका ट्राफिक सहायक हवलदार नागेश्वर पाललाई ठक्कर दिएको हो। कोटहिमाई गाउँपालिका वडा नं. ५ निवासी ३१ वर्षीय पाल अस्थायी ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत थिए।ठक्करबाट गम्भीर घाइते भएका पाललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा अस्पतालले ४:३० बजे मृत घोषणा गरेको जनाएको छ।

कार अनियन्त्रित भई सोही स्थानमा रोकिराखिएको मधेस प्रदेश ०३–००१ क ३३१९ नम्बरको ट्रिपरलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।

घटनापछि कार र कार चालक जितेन्द्र सिंह थापा प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ।

: सन्दीप पौडेल

Related Posts

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 16, 2026
  • 22 views
श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 15, 2026
  • 47 views
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 91 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 66 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 76 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 23 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।