कपिलवस्तुमा तनावपछि संयुक्त अपिल: शान्ति र सहिष्णुताको आग्रह

कपिलवस्तुमा धार्मिक सहिष्णुता कायम राख्न संयुक्त अपिल
कपिलवस्तु — कपिलवस्तु जिल्लामा हालै भएका धार्मिक तथा सामाजिक घटनापछि विभिन्न संघसंस्था तथा नागरिक समाजका अगुवाहरूले शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्।

महाराजगञ्ज नगरपालिका–२ मा मन्दिर तोडफोड तथा बुद्धभूमि क्षेत्रमा भएको गोलीकाण्डपछि जिल्लामा उत्पन्न तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीमाथि कारबाही र घाइतेहरूको उचित उपचारको माग गरिएको छ। साथै, प्रशासनले जारी गरेको निषेधाज्ञाको पालना गर्न र कुनै पनि प्रकारका भेला, जुलुस तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ।

वक्तव्यमा नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै विविधतामै एकता रहेको बताइएको छ। सबै नागरिकले आ–आफ्नो धर्म, संस्कार र परम्पराको सम्मान गर्दै सहअस्तित्व र आपसी विश्वास कायम राख्नुपर्नेमा जोड दिइएको छ।

“नेपाल हाम्रो साझा फूलबारी हो, यसलाई सुन्दर, सुरक्षित र सम्मानजनक बनाउनु सबैको दायित्व हो,” वक्तव्यमा भनिएको छ। साथै, देशको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै कुनै पनि प्रकारको हिंसा, द्वेष र विभाजनकारी गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ।

कपिलवस्तु बुद्ध जन्मभूमि क्षेत्रसँग जोडिएको शान्तिको प्रतीक स्थल भएकाले यहाँका नागरिकले शान्ति, संयमता र सहिष्णुताको उदाहरण प्रस्तुत गर्नुपर्नेमा पनि जोड दिइएको छ।
यो संयुक्त अपिल गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, दलित सामाजिक विकास केन्द्र, नागरिक समाज तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरूद्वारा हस्ताक्षर गरी जारी गरिएको हो।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 83 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 74 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल