पालिका र समुदायबीच बस्तीस्तर योजना निर्माणबारे छलफल सम्पन्न

कपिलबस्तु, जेठ २ गते —दलित सामाजिक विकास केन्द्रको आयोजना तथा यूनाइटेड मिशन टु नेपाल को आर्थिक सहयोग मा परिवर्तनका लागि बालबालिका, युवा र समुदाय” परियोजना अन्तर्गत परियोजनाका गतिविधि, उपलब्धि तथा बस्तीस्तर योजना निर्माण सम्बन्धी कार्यक्रम पालिकासँग छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले परियोजनाले गाउँपालिकाबाट सञ्चालन हुने विभिन्न क्रियाकलापलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

परियोजना अधिकृत जितेन्द्र चौधरीले परियोजनाका गतिविधि तथा उपलब्धिबारे जानकारी गराउनुभएको थियो भने बस्तीस्तर योजना छनोटसम्बन्धी सहजीकरण मायादेवी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख बैतुल्लाह धुनियाले गर्नुभएको थियो।

समुदाय युवा समाज कपिलवस्तु का अध्यक्ष अनुप चौधरीले महिला, बालबालिका तथा समुदायसँग सम्बन्धित बजेटको प्रभावकारी उपयोग हुनुपर्ने र त्यसबारे नागरिकलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो।

उहाँले पालिकाबाट सञ्चालन हुने सम्पूर्ण कार्यक्रम नागरिकमैत्री, पारदर्शी र जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो।त्यसैगरी सागरमाथा आत्मनिर्भर समूहकी मञ्जु पाण्डेले योजना तथा बजेट छनोट प्रक्रियामा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो।

योजना शाखा प्रमुख रामकृष्ण तेलीले जनतामा नैतिक ज्ञान र चेतनाको आवश्यकता रहेको उल्लेख गर्दै सीमित बजेटका कारण सबै योजना एकैपटक कार्यान्वयन गर्न कठिन हुने बताउनुभयो। विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

साथै, बस्तीस्तर योजना छनोट अभिमुखीकरण कार्यक्रम पालिका र समुदायबीच उपयुक्त समयमा आयोजना भएको उहाँले बताउनुभयो।कार्यक्रममा मायादेवी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष मुस्ताक अहमद खाँ, वडा नं. ६ का वडाध्यक्ष सन्दीप चौधरी, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, र वडा सचिव विद्यालयका शिक्षक, युवा क्लब तथा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रम को सञ्चालन परशुराम हरिजनले गर्नुभएको थियो।दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमति पासीको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो

  • Related Posts

    मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    • By admin
    • October 16, 2026
    • 68 views
    श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

    मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 15, 2026
    • 49 views
    मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 91 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 66 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 76 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 23 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।