कपिलवस्तु, यशोधरा गाउँपालिका। कपिलवस्तुको मार्यदपुर बोर्डर गेटमा रहेको नेपाल राष्ट्रको झण्डा च्यातिएको अवस्थामा देखिएपछि स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको विशेष पहलमा नयाँ राष्ट्रिय झण्डा स्थापना गरिएको छ।

राष्ट्रको सम्मान र गौरवलाई उच्च राख्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा यशोधरा गाउँपालिका वडा न.१ का वडा अध्यक्ष अब्दुल क्युम खान, र युवा समाजसेवी रुपक गुप्ता, सुबास यादव, बिक्रम चौरसिया, मनिश देव मिश्रा, , मोहित मिश्रा, गोरख चौधरी तथा साजन शर्मा लगायत विभिन्न समाजसेवी एवं बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त टोलीले च्यातिएको झण्डा हटाएर नयाँ, सफा तथा सुशील राष्ट्रिय झण्डा प्रतिस्थापन गर्दै राष्ट्रप्रतिको सम्मान, स्वाभिमान र एकताको सन्देश दिएको छ। कार्यक्रममा सहभागीहरूले “राष्ट्रको सम्मान नै हाम्रो पहिचान, स्वाभिमान र गौरव हो” भन्ने भावनासहित राष्ट्रिय धरोहरको संरक्षणमा सबै नागरिक सचेत हुनुपर्ने धारणा व्यक्त गरेका थिए।






