राजाराम चौधरी कपिलवस्तु । सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सनएड इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत शिवराज नगरपालिका वडा नं. ४, १० र ११ का १३ वटा विद्यालयका बालबालिकाको सहभागितामा परम्परागत नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा परम्परागत नृत्य प्रस्तुत गरेका थिए।

प्रतियोगितामा सहभागी विद्यालय, विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति समेत आयोजकले आभार व्यक्त गरेको छ।









