कपिलवस्तु असोज १ गते । मायादेवी गाउँपालिका ७ लालपुर निवासी युवा समाजसेवी रामपाल यादव ले विद्यार्थीको प्रतिभा र ज्ञान अभिवृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेका छन्।

समाजसेवी यादव बनकसिहा स्थित श्री चतुर्भुजी आधारभूत विद्यालयमा मिति २०८३/०५/३१ गते आयोजित हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई समाजसेवी यादवले पुरस्कार प्रदान गरेका हुन्।

विद्यार्थीमा अध्ययनप्रति रुचि बढाउनुका साथै ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुयाउने उद्देश्यले पुरस्कार वितरण गरिएको बताइएको छ।

समाजसेवी यादवले विद्यार्थीको शैक्षिक तथा बौद्धिक विकासका लागि गरिने यस्ता सकारात्मक गतिविधिमा आफ्नो तर्फबाट निरन्तर सहयोग र प्रोत्साहन रहने बताएका छन्। पुरस्कार पाएपछि विद्यार्थीहरू उत्साहित भएका थिए।





