– राजाराम चौधरीकपिलवस्तु । शिवराज नगरपालिकामा थारू समुदायको महत्वपूर्ण पर्व बडका अत्तवारीको अवसरमा विभिन्न विशेष कार्यक्रम आयोजना गरिने भएको छ।थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको बडका अत्तवारी पर्वलाई यस वर्ष पनि विशेष महत्वका साथ मनाउने तयारी गरिएको हो।

पर्वको अवसरमा सांस्कृतिक कार्यक्रमसहित समुदायको कला, संस्कार तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा जोड दिइने जनाइएको छ।बडका अत्तवारी पर्वले थारू समुदायको मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न तथा समुदायबीच आपसी सद्भाव,
भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।कार्यक्रममा थारू समुदायका स्थानीय कलाकार, अगुवा तथा सर्वसाधारणको सहभागिता रहने बताइएको छ। आयोजकहरूले पर्वलाई सभ्य, भव्य र व्यवस्थित रूपमा मनाउन सबैमा आग्रह गरेका छन्।





