दुर्गेश मिश्रा
कपिलवस्तु असोज ७ गते । मायादेवी गाउँपालिका–४ मा स्थानीय राजनीतिक गतिविधि र सम्भावित उम्मेदवारबारे चर्चा सुरु हुन थालेको छ। चोकचौराहा बजार तथा सामाजिक भेटघाटमा आगामी नेतृत्व र विकासका विषयमा नागरिकबीच बहस हुन थालेको स्थानीयस्तरमा सुनिन थालेको छ।
यही चर्चाका क्रममा मायादेवी गाउँपालिका ४ का वर्तमान वडाअध्यक्ष अस्फाक अहमद मुसलमानको नाम पनि सम्भावित नेतृत्वका रूपमा चर्चामा आउन थालेको बताइन्छ।
निर्वाचन २०७९ मा उनी जनता समाजवादी पार्टीबाट वडा नम्बर ४ को अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचन विवरणअनुसार उनले ५३२ मत प्राप्त गरेका थिए।स्थानीय तहमा जनप्रतिनिधिको मूल्याङ्कन गर्दा जनतासँगको पहुँच, सेवा प्रवाह, विकास निर्माण, सडक, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा स्थानीय समस्याको सम्बोधनजस्ता विषय महत्वपूर्ण मानिन्छन्।
आगामी निर्वाचनको सन्दर्भमा पनि नागरिकले विगतको काम वर्तमान भूमिका र भविष्यका योजनालाई आधार बनाएर आफ्नो धारणा बनाउने अवस्था देखिन्छ।आगामी निर्वाचन नजिकिँदै जाँदा वडामा जनप्रतिनिधिको विगतको कार्यसम्पादन जनतासँगको सम्बन्ध सेवा प्रवाह तथा विकास निर्माणका विषय पनि चर्चाको केन्द्रमा देखिएका छन्।
अस्फाक अहमदको आगामी उम्मेदवारी र राजनीतिक समीकरणबारे औपचारिक निर्णय भइसकेको छैन। अहिले भइरहेको चर्चा भने स्थानीयस्तरमा देखिएको प्रारम्भिक राजनीतिक गतिविधि र सम्भावित उम्मेदवारबारेको बहसका रूपमा रहेको छ।







