सनराइज इङ्ग्लिस बोडिङ स्कुलको २७औँ वार्षिक उत्सव सम्पन्न

कपिलवस्तु — सनराइज इङ्ग्लिस बोडिङ स्कुलको २७औँ वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ।

कार्यक्रमका अध्यक्ष जिवलाल पौडेल रहनुभएको थियो भने प्रमुख अतिथिको रूपमा पूर्व अध्यक्ष बिनोद नेपालको विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा इश्वरी पाण्डे, हरि पोखरेल, यज्ञ पाण्डे लगायतका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

अतिथिहरूले विद्यालयले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न शुभकामना व्यक्त गरेका थिए।वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूले नृत्य, गीत, नाटक लगायतका विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।विद्यालय व्यवस्थापन समितिले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

साथै कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी तथा सहयोगीहरूप्रति प्र अ बिजय अधिकारीले धन्यवाद दिनुभयो ।

Related Posts

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

  • By admin
  • July 15, 2026
  • 66 views
कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 125 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 96 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 23 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 94 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 239 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व