कपिलबस्तु मायादेवी–७ हरनामपुर स्वास्थ्य केन्द्रमा गम्भीर समस्या, सुधारको माग

मायादेवी गाउँपालिका–७ स्थित हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा विभिन्न गम्भीर समस्या देखिएको छ। स्थानीय अनुगमनका क्रममा स्वास्थ्य सेवामा लापरवाही र आधारभूत सुविधा अभाव भेटिएको भन्दै तत्काल सुधारको माग गरिएको छ।

अनुगमनकर्ता अनुप चौधरीका अनुसार २०८२ मंसिर २४ गते गरिएको निरीक्षणमा स्वास्थ्य केन्द्रमा करिब पाँच महिनादेखि एम्बुलेन्स सेवा सञ्चालनमा नरहेको पाइएको छ।

एम्बुलेन्स मर्मतका लागि पठाइएको भए पनि लामो समयसम्म सेवा पुनः सुरु नभएकोले बिरामीहरूलाई समस्या भइरहेको छ।अनुगमनका क्रममा औषधिको अभाव, प्रयोगशाला (ल्याब) सेवाको कमजोर अवस्था डाक्टरको अभाव समेत देखिएको छ।

यस्ता आधारभूत सेवाहरू नहुँदा स्वास्थ्य केन्द्रले प्रभावकारी सेवा दिन नसकेको स्थानीयको गुनासो छ।करिब १८ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको भवन भए पनि आवश्यक सेवा र व्यवस्थापनमा कमजोरी देखिएकोले सम्बन्धित निकायले तुरुन्त ध्यान दिनुपर्ने माग गरिएको छ।

स्थानीयवासी तथा अनुगमनकर्ताले एम्बुलेन्स सेवा तुरुन्त सञ्चालनमा ल्याउन, आवश्यक औषधि उपलब्ध गराउन र दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।समुदाय युवा समाज कपिलवस्तु क्लबका अध्यक्ष अनुप चौधरीले यस विषयमा जानकारी दिनुभएको हो।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 75 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल