कपिलवस्तु गोलीकाण्ड: मृतकका परिवारद्वारा क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग

कपिलवस्तु — कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ बरगदामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका २३ वर्षीय जितेन्द्रभन्ने अरुण यादवको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारले क्षतिपूर्ति, राहत र न्यायको माग गरेका छन्।

गत चैत ७ गते दुई समुदायबीच भएको विवाद उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। सो क्रममा गम्भीर घाइते भएका यादवको सोमबार बिहान भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

मृतकको शव सोमबार राति कपिलवस्तु ल्याइए पनि पीडित परिवारसँग सहमति नजुट्दा दाहसंस्कारमा ढिलाइ भएको थियो। हाल शव तौलिहवास्थित कपिलवस्तु अस्पतालमा राखिएको छ। उक्त घटनामा अन्य तीन जना पनि घाइते भएका छन्।

यसबीच मृतकका हजुरबुवा नन्दलाल यादवको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमसमक्ष बुधबार ६ बुँदे माग पेश गरेको छ। ती माग गृह मन्त्रालय मातहतका निकायमा पठाउने निर्णय भएपछि शव दाहसंस्कार गर्ने सहमति जुटेको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिएका छन्।

यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालयमा मृतकका परिवार, स्थानीय सरोकारवाला र प्रशासनबीच भएको बैठकले समझदारी कायम गरेको थियो।घटनापछि राजनीतिक स्तरबाट पनि प्रतिक्रिया आएको छ। संघीय सांसद अभिषेकप्रताप साहले प्रतिनिधिसभामा पीडित परिवारले न्याय नपाएको भन्दै उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

उनले मृतकलाई सहिद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेका छन्।यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य नवराज लामिछाने, सिके गुप्तालगायत नेताहरूले पनि घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।राष्ट्रिय सभाका पूर्व सदस्य दृगनारायण पाण्डेले शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको भन्दै पारदर्शी छानबिनको माग गरेका छन्।

साथै उनले घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार सुनिश्चित गर्न र मृतक परिवारलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।घटनापछि जिल्लामा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिइएको छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 75 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल