लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य प्रति खेलवाड बिरामीलाई म्याद गुज्रेको औषधि वितरण

दिनेश प्रसाद लोध, लुम्बिनीलुम्बिनी सांस्कृतिक नगरपालिका–५ स्थित तेनुहवा स्वास्थ्य चौकीले बिरामीको स्वास्थ्यमाथि लापरवाही गर्दै म्याद गुज्रिएको औषधि वितरण गरेको फेला परेको छ ।

उपचारका लागि पुगेका बिरामीलाई सन् २०२५ मे मै म्याद सकिएको जुकाको औषधि दिइएको पाइएको हो ।सेवाग्राही वडा नं. ११ महदेवाका ३० वर्षीय फैजुल्लाह फकिरका अनुसार उनलाई दिइएको औषधिको म्याद जाँच गर्दा करिब एक वर्ष पहिले नै सकिएको भेटिएको थियो ।

फकिरले यसबारे तत्कालै प्रश्न उठाएपछि सम्बन्धित स्वास्थ्यकर्मीले गैर–जिम्मेवारभई औषधि खोसेर डस्टबिनमा फालेका थिए । उनले भने, ‘हामी सरकारी स्वास्थ्य संस्थामा भरोसा गरेर जान्छौँ, तर त्यहाँ म्याद नाघेको औषधि दिनु र थाहा पाएपछि उल्टै प्रमाण लुकाउन खोज्नुले कर्मचारीको नियतमाथि आशंका जन्माएको छ ।

’यस विषयमा तेनुहवा स्वास्थ्य चौकीका इन्चार्ज एवम् सिनियर अहेवा कैलास प्रसाद बस्यालले भने औषधिको म्याद नाघेको कुरालाई अस्वीकार गरेका छन् ।

उनले औषधिको म्याद नसकिएको दाबी गर्दै भुलवश म्याद सकिएको पुरानो डब्बामा औषधि राखिएकोले भ्रम सिर्जनाभएको तर्क अघि सारे ।यद्यपि, सुरक्षित औषधि भण्डारण र वितरणको विश्वव्यापी नियमविपरीत म्याद नाघेको भाँडो वा प्याकेट प्रयोग गर्नुले स्वास्थ्य चौकीको व्यवस्थापकीय कमजोरीलाई प्रस्टएको बस्यालले बताए ।

घटना सार्वजनिक भएपछि स्थानीय युवा विक्रम सिंह लोधले स्वास्थ्य केन्द्रहरूमा नियमित अनुगमन नहुँदा यस्ता घटना दोहोरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘उपचार खोज्न आउने बिरामीको ज्यान जोखिममा पार्ने लापरवाही अक्षम्य छ ।’ कर्मचारीको लापरवाही र नियमित स्टक जाँच नगर्ने प्रवृत्तिले लुम्बिनीका जनताको स्वास्थ्यमा खेलबाड भइरहेको लोधले बताए ।

उनले नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा तत्काल आकस्मिक अनुगमनगरी दोषीलाई कडा कारबाही गर्न माग गरे ।जुकाको औषधि म्याद सम्बन्धी विवाद सार्वजनिक भएपछि लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धुप घिमिरेले यस घटनालाई गम्भीर रूपमा लिएको बताए । उनले प्राथमिक रूपमा कर्मचारीको कमजोरी देखिएको स्वीकारर्दै भने, ‘हामीले यस घटनालाई गम्भीरतापूर्वक लिएका छौँ । यस्तो संवेदनशील त्रुटि दोहोरिन नदिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिँदै सचेत गराइएको छ ।’

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 75 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल