नयाँ वर्ष २०८३ मा तिलौराकोटमा ५ हजार बढी पर्यटकको भीड

कपिलवस्तु — नयाँ वर्ष २०८३ को पहिलो दिन ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको तिलौराकोटमा ५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्।

बुद्धकालीन सभ्यता झल्काउने यस स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिति देखिएको हो।सिद्धार्थ गौतमका पिता राजा शुद्धोधनको राजप्रसाद रहेको मानिने तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने तयारी लामो समयदेखि भइरहेको छ।

पछिल्लो चार वर्षयता यहाँ स्वदेशी, भारतीय तथा अन्य विदेशी पर्यटकको आगमन क्रमशः बढ्दै गएको लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालयले जनाएको छ।नयाँ वर्षको अवसरमा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची लगायत देशका विभिन्न जिल्लाबाट ५ हजारभन्दा बढी पर्यटक तिलौराकोट पुगेका थिए।

“अहिले नेपाली नयाँ वर्ष, अंग्रेजी नयाँ वर्ष र दशैंजस्ता बिदामा यहाँ पर्यटकको भीड बढ्ने गरेको छ,” उनले भने।नयाँ वर्षका दिन तिलौराकोट परिसर दिनभरि पर्यटकले भरिभराउ भएको थियो। समूह, जोडी तथा परिवारसहित आएका पर्यटकहरूले स्थल अवलोकन गर्नुका साथै नाचगान, मनोरञ्जन र सामाजिक सञ्जालका लागि भिडियोसमेत बनाएका थिए।

अधिकांश पर्यटक लुम्बिनी भ्रमणपछि तिलौराकोट पुगेका थिए।पर्यटकहरूले तिलौराकोटको पश्चिमी र पूर्वी द्वार, उत्खननपछि संरक्षण गरिएका ऐतिहासिक संरचना, पुरातात्त्विक पोखरी तथा प्राचीन मन्दिरहरूको अवलोकन गरेका थिए।स्थानीय अनुसार विगतमा झारपातले ढाकिएको र अव्यवस्थित देखिने तिलौराकोट अहिले सरसफाइ अभियानपछि आकर्षक बनेको छ।

पर्यटकको सुविधाका लागि स्थलसम्म पुग्ने सडकसमेत निर्माण गरिएको छ।तिलौराकोटसँगै कपिलवस्तु जिल्लाका अन्य ऐतिहासिक स्थलहरू— कुदान, सगरहवा, गोटीहवा तथा संग्रहालय—समेत भ्रमण गर्न पर्यटकलाई आग्रह गरेका छन्।तिलौराकोटमा बढ्दो पर्यटक आगमनले स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक संकेत देखिएको सरोकारवालाहरूको भनाइ छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 75 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल