कपिलवस्तुमा सुन चोरी प्रकरण दुई पाकिस्तानी महिला पक्राउ

कपिलवस्तु, वैशाख २ — कपिलवस्तुको शिवराज नगरपालिका–चन्द्रौटाबाट सुनका गहना चोरी गरेको आरोपमा दुई जना पाकिस्तानी महिला पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।पक्राउ पर्नेमा २० वर्षीया विवि कलसुम र ४१ वर्षीया सहबाना रहेका छन्।

उनीहरूको साथबाट पाकिस्तानी पासपोर्टसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार चैत ३० गते साँझ करिब ५:३० बजे सामान्य ग्राहकको रूपमा सुन पसलमा प्रवेश गरेका उनीहरूले सुन किन्ने बहानामा गहना चोरी गरेका थिए।

चोरीपछि पसलबाट बाहिर निस्कँदा मास्कमाथि बुर्का लगाएर पहिचान लुकाउने प्रयास गरेको पनि खुलेको छ।प्रारम्भिक अनुसन्धानबाट उनीहरूले रुपन्देहीको योगीकुटी, कपिलवस्तुको तौलिहवा र चन्द्रौटामा गरी तीन स्थानमा चोरी गरेको खुलासा भएको छ।

उनीहरूले नगद देखाउने तथा गहना हेर्ने बहानामा चोरी गर्ने शैली अपनाएको पाइएको प्रहरीले जनाएको छ।हाल उनीहरूविरुद्ध चोरी तथा ठगीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

Related Posts

वृक्षारोपणविश्व वातावरण दिवसको अवसरमा श्री जनता आधारभूत विद्यालयमा बिरुवा रोपण कार्यक्रम

कपिलवस्तु, जेठ २२ गते। कपिलवस्तुको मायादेवी गाउँपालिका–२ मनखोरिया स्थित श्री जनता आधारभूत विद्यालयमा मनखोरिया वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। दलित सामाजिक विकास केन्द्र र यूनाइटेड मिशन टू नेपाल को संयुक्त…

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

कपिलवस्तु, जेठ २२ गते:-कपिलवस्तुको मायादेवी गाउँपालिका–६, मुगाहरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल को साझेदारीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

वृक्षारोपणविश्व वातावरण दिवसको अवसरमा श्री जनता आधारभूत विद्यालयमा बिरुवा रोपण कार्यक्रम

  • By admin
  • June 5, 2026
  • 32 views
वृक्षारोपणविश्व वातावरण दिवसको अवसरमा श्री जनता आधारभूत  विद्यालयमा बिरुवा रोपण कार्यक्रम

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • By admin
  • June 5, 2026
  • 29 views
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

अत्यधिक गर्मीका कारण यशोधरा गाउँपालिका का विद्यालय तीन दिन बन्द

  • By admin
  • June 5, 2026
  • 28 views
अत्यधिक गर्मीका कारण यशोधरा गाउँपालिका का विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द

  • By admin
  • June 5, 2026
  • 25 views

श्री स्वतन्त्र माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न

  • By admin
  • June 5, 2026
  • 17 views
श्री स्वतन्त्र माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न

मायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका

  • By admin
  • June 2, 2026
  • 7 views
मायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका