चन्द्रौटा अस्पतालमा ३८ लाख घोटाला: नक्कली भौचरबाट रकम गायब!

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको आधारभूत अस्पतालमा करिब ३८ लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको गम्भीर आशंका सार्वजनिक भएको छ।

गत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका क्रममा अस्पतालका अभिलेखमा १२८ वटा भौचरमार्फत बैंक खातामा रकम जम्मा गरिएको देखिए पनि वास्तविक बैंक विवरणमा भने उक्त रकम नदेखिएपछि प्रकरण बाहिर आएको हो।प्रारम्भिक अनुसन्धानले भौचर र बैंक विवरणबीच ठूलो असमानता देखाएको छ।

अझ चकित पार्ने तथ्य के भने, सम्बन्धित बैंकले ती भौचरमा प्रयोग गरिएको छाप नै ‘नक्कली’ भएको संकेत गरेको स्रोतले जनाएको छ। यसले योजनाबद्ध रूपमा रकम हिनामिना गरिएको आशंकालाई थप बल दिएको छ।

यस विषयमा नगर प्रमुख अजय थापाको हस्ताक्षरमा बैसाख ४ गते वडा प्रहरी कार्यालय चन्द्रौटालाई छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिइएको छ।

नगरपालिकाले घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै छिटोभन्दा छिटो अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।उता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र बेल्वासेले उक्त रकम बैंक विवरणमा किन नदेखिएको हो भन्ने विषयमा स्पष्ट पार्न बैंकलाई औपचारिक पत्र पठाइएको जानकारी दिएका छन्।

बैंकबाट जवाफ आएपछि थप अनुसन्धान अघि बढाइने उनले बताए।स्थानीय स्तरमा भने बैंकका कर्मचारी र अस्पतालका कर्मचारीबीच मिलेमतोमा रकम हिनामिना भएको आशंका व्यक्त गरिएको छ।

यस घटनाले स्वास्थ्य संस्थाको आर्थिक पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ। अबको छानबिनले वास्तविकता उजागर गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने अपेक्षा गरिएको छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 75 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल