कपिलवस्तुमा भव्य रूपमा सुरु भयो १० औ प्राचीन कपिलवस्तु महोत्सव

कपिलवस्तुमा भव्य रूपमा सुरु भयो १० औ प्राचीन कपिलवस्तु महोत्सव

जिल्लाको समग्र विकासलाई टेवा पुर्‍याउने लक्ष्यसहित “धार्मिक स्थलहरूको प्रवर्द्धन, पर्यटन, कृषि, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो।

स्थानीय कला, संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तौलिहवा उद्योग वाणिज्य संघ को आयोजनामा महोत्सव सञ्चालनमा आएको हो।

बैशाख ४ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने यो महोत्सव बुद्धपद्म माविको खेल मैदान मा आयोजना गरिएको छ।महोत्सव अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, कृषि तथा औद्योगिक प्रदर्शनी, व्यापारिक स्टलहरू लगायतका आकर्षक कार्यक्रमहरू रहने आयोजकले जनाएको छ।

यसबाट स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ भने आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।महोत्सवको उद्घाटन आज साँझ ८ बजे प्रतिनिधि सभा सदस्य विक्रम सिंह थापा द्वारा गरिने कार्यक्रम तय गरिएको छ।

Related Posts

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

  • By admin
  • July 15, 2026
  • 66 views
कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 125 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 96 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 23 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 94 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 239 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व