मायादेवी गाउँपालिकाद्वारा सार्वजनिक जग्गा खाली गर्न १५ दिने अल्टिमेटम

कपिलवस्तु बैशाख २३ – कपिलवस्तुको ले आफ्नो क्षेत्रभित्र अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरी व्यक्तिगत प्रयोगमा ल्याइएका सम्पूर्ण सार्वजनिक सम्पत्ति तत्काल खाली गर्न आग्रह गरेको हो ।

गाउँ कार्यपालिकाको कार्यालय पकडीबाट जारी सूचनामा नेपाल सरकार गृह मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार सार्वजनिक जग्गा संरक्षण सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख गरिएको छ ।

सोही व्यवस्थाअनुसार गाउँपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, बाटो, कुलो, पोखरी लगायतका संरचना हटाउन अभियान सञ्चालन गरिने जनाइएको छ ।सूचनामा भनिएको छ, “सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा निर्माण, खेतीपाती वा अन्य कुनै प्रयोजनमा प्रयोग गरिएको पाइएमा १५ दिनभित्र स्वेच्छिक रूपमा हटाउन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

”तोकिएको समयसीमाभित्र अतिक्रमण हटाउन अटेर गरेमा गाउँपालिकाले प्रचलित कानुनअनुसार बलपूर्वक खाली गराउने र त्यसबाट लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी समेत दिइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत द्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिकको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अतिक्रमण सम्बन्धी सूचना भए वडा कार्यालय वा गाउँपालिकामा जानकारी गराउन आग्रह गरिएको छ ।स्थानीय तहले सार्वजनिक सम्पत्तिको संरक्षणमा सक्रियता बढाएसँगै मायादेवी क्षेत्रमा अतिक्रमण विरुद्धको अभियान थप कडाइका साथ अगाडि बढ्ने संकेत देखिएको छ ।

  • Related Posts

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 85 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 63 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 70 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 22 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    • By admin
    • October 9, 2026
    • 77 views
    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

    • By admin
    • October 8, 2026
    • 105 views
    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल