कपिलवस्तु सुठौली भन्सार कार्यालय मा आज बिहान क्षेत्र नम्बर २ का सांसद विक्रम सिंह थापा ले अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा सांसद थापाले सिमा नाकाबाट हुने अवैध तस्करी गतिविधि नियन्त्रणमा कडाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। उहाँले “तस्करी सानो होस् वा ठूलो, कुनै पनि अवस्थामा शून्य सहनशीलता अपनाइन्छ” भन्दै कडा चेतावनीसमेत दिनुभयो।
सांसद थापाले सिमा क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउन, राजस्व चुहावट रोक्न तथा भन्सार प्रशासनलाई थप सक्रिय रूपमा काम गर्न आग्रह गर्नुभएको बताइएको छ।
स्थानीयवासी तथा सरोकारवालाले पनि सिमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि कडा अनुगमन आवश्यक रहेको बताएका छन्।






