शिवराज नगरपालिकाद्वारा ठेलागाडी व्यवस्थापन अभियान सुरु

कपिलवस्तुको शिवराज नगरपालिका ले बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यसहित ठेलागाडा व्यवस्थापन अभियान सुरु गरेको छ।

बजार क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका ठेलागाडालाई व्यवस्थित गर्न नगरपालिकाले निशुल्क ठेला दर्ता प्रमाणपत्र वितरण गर्न थालेको हो।बिहीबार चन्द्रौटा का अधिकांश ठेला सञ्चालकहरू नगरपालिकामा पुगेर ठेला दर्ता प्रमाणपत्र बुझेका छन्।

नगरपालिकाले ठेला सञ्चालनलाई कानुनी दायराभित्र ल्याउँदै व्यवसायीहरूको पहिचान र व्यवस्थापनलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।नगर प्रमुख अजय थापाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा ठेला सञ्चालन हुँदा बजारको सौन्दर्य बिग्रिने र आवतजावतमा समेत समस्या हुने भएकाले व्यवस्थापन अभियान अघि बढाइएको बताउनुभयो। उहाँले दैनिक जीविकोपार्जनसँग जोडिएको पेशालाई हटाउनेभन्दा पनि व्यवस्थित बनाउने नीति नगरपालिकाले लिएको स्पष्ट पार्नुभयो।

“कतिपयले ठेला हटाउनुपर्छ भन्ने सुझाव दिनुभएको छ, तर हाम्रो उद्देश्य कसैको रोजीरोटी खोस्ने होइन, व्यवस्थित बजार निर्माण गर्नु हो,” नगर प्रमुख थापाले भन्नुभयो।नगरपालिकाले ठेला सञ्चालनका लागि केही मापदण्ड तथा शर्तहरू तय गरेको जनाएको छ। ती शर्तहरूको पालना गर्दै व्यवसाय सञ्चालन गर्न नगर प्रमुख थापाले ठेला व्यवसायीहरूलाई आग्रह गर्नुभयो।

उहाँले सबै नागरिकलाई व्यवसाय गरेर जीविकोपार्जन गर्ने अधिकार रहेको उल्लेख गर्दै व्यवस्थित ठेला व्यवस्थापनमार्फत सफा, सुन्दर र व्यवस्थित बजार निर्माण गरिने दाबी गर्नुभयो । पहिलो दिन २१ जनालाइ वितरण गरिएको शाखा अधिकृत लक्ष्मी कडेल ले बताउनुभयो ।

  • Related Posts

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 85 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 63 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 70 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 22 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    • By admin
    • October 9, 2026
    • 77 views
    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

    • By admin
    • October 8, 2026
    • 105 views
    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल