विद्यालयले अतिक्रमित जग्गा खाली गर्न दियो ७ दिने सूचना

कपिलवस्तु, जेठ ३ गते ।कपिलवस्तुको मायादेवी गाउँपालिका–१, सेमरौटीस्थित श्री सरस्वती आधारभूत विद्यालय ले विद्यालयको अतिक्रमित जग्गा खाली गर्न सात दिने सूचना जारी गरेको छ।

विद्यालय प्रशासनले सार्वजनिक सूचना प्रकाशित गर्दै विद्यालयको स्वामित्वमा रहेको जग्गामा बनाइएका घरटहरा हटाउन निर्देशन दिएको हो।विद्यालयका प्रधानाध्यापक प्रभु यादव का अनुसार साविक पकडी गाविस–६ क अन्तर्गत कित्ता नं. ३५० को १–११–१५ क्षेत्रफल जग्गा अतिक्रमण गरिएको पाइएको छ।

सो जग्गामा निर्माण गरिएका घरटहरा सात दिनभित्र खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।विद्यालयले जारी गरेको सूचनामा मायादेवी गाउँपालिका, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त कागजात तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा रहेको स्थानीय तहको सम्पत्ति संरक्षण सम्बन्धी व्यवस्थाअनुसार कदम चालिएको उल्लेख गरिएको छ।

विद्यालय प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको भन्दै स्थानीयवासी, अभिभावक तथा सरोकारवाला निकायलाई सहयोग गर्न अनुरोध गरेको छ।प्रधानाध्यापक यादवले तोकिएको समयभित्र अतिक्रमित संरचना खाली नगरेमा प्रचलित कानुनअनुसार विद्यालय आफैंले जग्गा खाली गराउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पक्षबाट असुल गरिने चेतावनी दिनुभयो।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 85 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 63 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 77 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल