कपिलवस्तुमा भारतीय नम्बर प्लेटको कारबाट ३ लाखभन्दा बढीको अवैध मदिरा बरामद

कपिलबस्तु, जेठ ४ गतेकपिलवस्तु — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ स्थित रेन्ज पोस्ट नजिक ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा अवैध मदिरा बरामद गरेको छ।

चेकजाँचका क्रममा डिएल ४ सि एनई ९४१२ नम्बरको टोयटा कारबाट करिब ३ लाख २ हजार ८ सय रुपैयाँ बराबरको रोयल स्टेग र सिग्नेचर ब्रान्डका २ सय ३३ बोतल मदिरा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सवारी चालकले गाडीको कागजात छुटेको भन्दै लिन जान्छु भनेर निस्किएका थिए। तर, त्यसपछि उनी फर्किएर नआएको बताइएको छ।जाँचका क्रममा कारको पछाडिको सिटमा विशेष ‘फल्स बटम’ बनाएर मदिरा लुकाइ राखिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

बरामद गरिएको मदिरा जिल्ला प्रहरी कार्यालय परिसरमा गाडेर नष्ट गरिएको छ भने करिब ७ लाख रुपैयाँ मूल्यको उक्त गाडी आवश्यक कारबाहीका लागि सुनौली भन्सार पठाइने प्रहरीले जनाएको छ।

  • Related Posts

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 85 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 63 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 70 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 22 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    • By admin
    • October 9, 2026
    • 77 views
    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

    • By admin
    • October 8, 2026
    • 105 views
    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल