धान रोपाइँको मुखमै कपिलवस्तुमा बिउ अभाव, किसानद्वारा प्रशासनलाई ज्ञापनपत्र

कपिलबस्तु, जेठ ४ गतेकपिलवस्तु जिल्लामा धान रोपाइँको समय नजिकिँदै गर्दा किसानहरू धानको बिउ अभावको समस्याबाट पीडित बनेका छन्। किसानहरूको तर्फबाट समाजसेवी परमेश्वर पाठकले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउँदै धानको बिउ सहज रूपमा उपलब्ध गराइदिन माग गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई बुझाइएको ज्ञापनपत्रमा कपिलवस्तु जिल्लाका करिब ९५ प्रतिशत परिवार कृषि पेशामा निर्भर रहेको उल्लेख गरिएको छ। अहिले धान खेती गर्ने मुख्य समयमा किसानहरूले धानको बिउ नपाउँदा ठूलो समस्या झेल्नुपरेको जनाइएको छ।

ज्ञापनपत्रमा समयमा बिउ उपलब्ध नभए धान उत्पादनमा प्रत्यक्ष असर पर्ने र किसानहरूले आर्थिक तथा कृषि संकट सामना गर्नुपर्ने अवस्था आउने उल्लेख गरिएको छ। साथै, “नेपाल कृषि प्रधान देश भए पनि किसानले पटक–पटक यस्ता समस्या भोग्नुपरेको छ, तर सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन,” भन्ने गुनासो पनि गरिएको छ।

समाजसेवी परमेश्वर पाठकले किसानलाई सहज रूपमा धानको बिउ उपलब्ध गराउन प्रशासनले तत्काल आवश्यक पहल गर्नुपर्ने माग गरेका छन्। उनले सम्पूर्ण किसानको समस्यालाई गम्भीर रूपमा लिँदै शीघ्र समाधानका लागि सम्बन्धित निकाय सक्रिय हुनुपर्ने बताएका छन्।

  • Related Posts

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 85 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 63 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 70 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 22 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    • By admin
    • October 9, 2026
    • 77 views
    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

    • By admin
    • October 8, 2026
    • 105 views
    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल