होटलभित्र अनैतिक गतिविधि भएको आरोपपछि उद्योग वाणिज्य संघको कडा प्रतिक्रिया

कपिलवस्तु, जेठ १८ गते:- कृष्णनगर उद्योग वाणिज्य संघले कृष्णनगर नगरपालिकास्थित एक होटलमा अनैतिक गतिविधि सञ्चालन भइरहेको आरोप लगाउँदै संलग्न होटल व्यवसायी तथा अन्य व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कृष्णनगर–७ स्थित एक होटलमा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा संघका अध्यक्ष रितेश शर्माको नेतृत्वमा गएको टोलीले अनुगमन तथा निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा आपत्तिजनक सामग्री फेला परेको तथा होटलमा अनैतिक गतिविधि भइरहेको देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।संघका अनुसार यस्ता गतिविधिले समाजमा नकारात्मक सन्देश प्रवाह गर्नुका साथै पर्यटन, व्यापार र होटल व्यवसायको छविमा समेत असर पुर्‍याउने भएकाले दोषीमाथि कडा कानुनी कारबाही आवश्यक छ।

उद्योग वाणिज्य संघले स्थानीय प्रशासन र सुरक्षा निकायलाई घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिहरूमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको छ। साथै होटल व्यवसायीहरूलाई आफ्नो व्यवसाय कानुनसम्मत, पारदर्शी र मर्यादित ढंगले सञ्चालन गर्न पनि अपिल गरेको छ।संघद्वारा जारी प्रेस विज्ञप्तिमा यस्ता गैरकानुनी तथा सामाजिक विकृति फैलाउने गतिविधि नियन्त्रणका लागि प्रशासनसँग सहकार्य जारी रहने उल्लेख गरिएको छ।

Related Posts

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 15, 2026
  • 43 views
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 88 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 63 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 74 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 23 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 79 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित